1 July ,2025,Tuesday

तस्करीको सामान भित्र्याएको आशंकामा मालवाहक ट्रक र पिकअप पक्राउ

वीरगंज, २० फागुन । वीरगंजबाट प्रहरीले तस्करीको सामान भित्र्याएको आशंकामा एउटा मालवाहक ट्रक र एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ।कपडा र किताब गरी एक करोड ४२ लाख ७८ हजार १२० रुपैयाँ बराबरको सामान लिएर काठमाडौं जाँदै गरेको मालवाहक ट्रक र पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको हो।

वीरगंज स्थित एकिकृत भन्सार जाँच चौकीबाट भन्सार जाँचपास भई भित्रीएको बीआर २२ जीए ४९१६ नम्बरको पिकअप र ना ४ ख ९८७ नम्बरको ट्रक शुक्रबार बेलुकी वीरगन्ज–२५ ड्राइपोर्ट चोकबाट नियन्त्रणमा लिइएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

उनका अनुसार,प्रहरीले शंका लागेर ती दुवै मालवाहक गाडी रोकेर चेकजाँच गर्दा बिलबिजक भन्दा बढी मुल्यको सामान भेटिएको तथा बिलबिजक लगायतका कागजातपनि शंकास्पद भएको देखिएपछि सामानसहितको दुवै गाडी नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएको सामानसहितको दुवै गाडी थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...