16 July ,2024,Tuesday

दाइजो नपाएर विहे भाँड्ने बेहुलासहित ५ जनाविरुद्ध पर्सा प्रहरीले थाल्यो कारबाही

वीरगंज, २९ फागुन । दाइजोमा सुनको सिक्री नपाएको निहुँमा विवाह नै भाँडेर मण्डपबाट हिडेको आरोपमा पक्राउ परेका बेहुलासहितका पाँचजना विरुद्ध प्रहरीले विवाह सम्बन्धि कसुरमा मुद्दा दर्ता गरेर कारबाही प्रकृया अगाडि बढाएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवामा सोमबारराति विहेको मण्डपमा वैवाहिक समारोह चलिरहकै बेला बेहुलाले सुनको सिक्री माँगेको विषयमा बेहुली पक्षसंग विवाद हुदाँ कुटपिटसमेत भई विहे नै भाँडिएको थियो ।त्यसमा संग्लन बेहुला,उनका बुबा, दुई दाजु र भिनाजु गरी पाँच जनालाई प्रहरीले बेहुलीक‌ै घरबाट सोमबार मधणयरातमा नियन्त्रणमा लिएको थियो।

मंगलबार साँझ बेहुली पक्षले दिएको जाहेरीका आधारमा बेहुला बाराको कलैया – ४ का २८ बर्षिय उमेश साह,उनका बुबा ६० बर्षिय बच्चालाल साह गोढ,दाजुहरु ४२ बर्षिय राकेश कुमार साह,४० बर्षिय मुकेश कुमार साह र भिनाजु बाराकै परवानीपुर ५ का ४५ बर्षिय को रामएकवाल साहविरुद्ध विवाह सम्बन्धि कसूरमा मुद्दा दर्ता गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।उनिहरु विरुद्ध मंगलबार नै पर्सा जिल्ला अदालतबाट दुई दिनको म्याद थप अनुमति लिई कारबाही प्रकृया अगाडि बढाइएको थापाले बताए।

विहे भाँडेको आरोपमा पक्राउ परेका बेहुला उमेश वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखामा करारमा कार्यरत कम्प्युटर अपरेटर हुन् भने बेहुली रमिता साह वीरगंजकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।

वीरगंज २४ रामगढवास्थित बेहुलीको घरमा बनाइएको विहेको जग्गेमा सामाजिक परम्परा अनुसार वैवाहिक विधी चलिरहेका बेला बेहुला उमेशले दाइजोमा सुनको सिक्री नपाएको भन्दै निहुँ खोजेपछि विवाद भई बेहुला र बेहुली पक्षबिच कुटाकुट समेत भएको थियो।त्यसपछि बेहुला उमेश विहे नगर्ने भन्दै जग्गेबाट उठेर हिडेका थिए।लगत्तै बेहुली पक्षले खबर गरेपछि विवाहस्थलमा पुगेको प्रहरीले बेहुला उमेशसहित उनका पक्षका पाँच जनालाई नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...