8 December ,2024,Sunday

मन्त्री परिषद विस्तार, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

जनकपुरधाम, चैत्र १० । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिवार मन्त्री परिषद विस्तार गर्नु भएको छ ।
सत्ता समिकरण फेरिए पछि सरकारमा आएको नेकपा एमालेको तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मुख्यमन्त्री यादवले मन्त्री परिषद विस्तार गर्नु भएको छ ।
नवनियुक्त मन्त्रीहरुमा राजकुमार लेखी गृह, संचार तथा कानून मन्त्रालय, शत्रुधन सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रमोदकुमार जयसवाल शिक्षा तथा संस्कृति मन्त्रालयका जिम्मेवारी प्राप्त गर्नु भएको छ भने केशव राय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्य मन्त्रीको जिम्मेवारी प्राप्त गर्नु भएको छ । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बाट पद तथा गोपनियताको सपथ लिनु भएको छ भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गर्नु भएको हो ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...