18 January ,2025,Saturday

ब्रह्मर्षी सामाज पर्साको होली मिलन समारोह सम्पन्न

वीरगंज, १० चैत । ब्रह्मर्षी सामाज पर्साले आयोजना गरेको होली मिलन समारोह कार्यक्रम आज सम्पन्न भएको छ ।

वीरगंज भिस्वा सिरोमणी टोलमा रहेको शान्ति निकेतन बोर्डिङ स्कुलमा १ बजे देखि ब्रह्मर्षी सामाजको अगुवा भेला भई होलि मिलन कार्यक्रम सम्पन्न गरेका छन ।

ब्रह्मर्षी सामाज पर्साका अध्यक्ष रबिन्दर सिहंले होली पर्व २०८० को शुभकामना सहित मर्यादित ढंगले होली मनाउने आग्रह गरे । उनले होली पर्वले सबैमा भाइचारा, बन्धुत्व कायम गर्ने भएकाले सभ्य र भव्य तरिकाले होली खेल्न आग्रह गरे । अध्यक्ष सिहंले ब्रह्मर्षी सामाजका कुल देवता पशुरामजीको मन्दिर र धर्मशालाको बारेमा पनि जिकिर गर्नु भयो । उहाँले मन्दिर र धर्मशाला शिलन्यास हुँदा पनि आर्थिक मन्दिको कारण काम अगाडी नबढेको जानकारी गराउनु भयो । होलि पश्चात सामाजका सबै अगुवाहरु मिली मन्दिर र धर्मशालाको काम अगाडी बढाउने सिहंले जानकारी गराउनु भयो ।

त्यसतै सामाजका अगुवा रामचन्द्र सिहंले धर्मशालामा लाग्ने खर्चमा एउटा रुममा लाग्ने खर्च आफनो स्वर्गीय बुवाको नामले लगाउने घोषणा समेत गर्नुभयो ।

कार्यक्रममा सहभागी सामाजका अगुवाहरु नागेन्दर सिहं, ई.नविन सिहं, संतोष सिहं, हेमन्त ओझा, सुरेश प्र.सिहं, रामदयाल ठाकुर, राजकुमार सिहं, रामबिनोद ठाकुर, प्रदिप पाण्डे, नवल किशोर पाण्डे, राजेश सिहं, गोपी चौधरी, राजन कुमार सिहं, रामचन्द्र सिहले एक अर्कालाई अविर लगाएर शुभकामना आदानप्रदान समेत गरेका थिए ।



प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...