वीरगंज, १८ चैत । पर्साको बिन्दवासिनि गाँउपालिका वडा नम्बर २ बहुअर्वा भाठा टोलमा आयुर्वेद औषधालय भवन निर्माण कार्य सुरु भएको छ।
शनिबार नेपाली कांग्रेस बिन्दवासिनि गाँउपालिकाका सभापति तथा गाउपालिका अध्यक्ष पदका प्रत्याशी विवेक कुमार चौरसियाले शिलान्यास गरेका हुन् । मधेस प्रदेश सरकारको २५ लाख रुपैयाँको लागतमा आयुर्वेद औषधालय भवनको निर्माण गर्न थालिएको हो ।
बिन्दवासिनि गाउँपालिका वडा न.२ का वडा अध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मीको अध्यक्षता तथा बिन्दवासिनि गाँउपालिका अध्यक्ष तथा गाँउपालिका अध्यक्ष प्रत्याशी विवेक चौरसियाको प्रमुख आतिथ्यतामा सम्पन्न शिलान्यास कार्यक्रममा बहुअर्वा भाठा आयुर्वेद औषधालयका प्रमुख श्यामबाबु साह,उमेश चौरसिया, प्रभु चौहान, छठुलाल चौरसिया, सन्तोष चौरसिया, मुनिलाल दास, पानालाल चौरसिया, पानालाल मुखिया, त्रिचन्द राज चौहान, चोकट साह कानु, सागिर मिया,चंचल यादव, अजय गुप्ता, सन्तोष सराफ,आनन्द राज चौहान लगायतको उपस्थिती रहेको युवा नेता उपनेश चौरसियाले जानकारी दिए ।