3 October ,2024,Thursday

प्रहरी जवान कौशल चौधरीको दादागिरी, ई–रिक्सा चालक साहलाई निर्घात कुटपिट

वीरगंज, २५ चैत । वीरगंज महानगरपालिकाको वडा नं. १९ तिलावेपुल नजिक शनिबार विहान प्रहरीको कुटपिटबाट एक ई–रिक्सा चालक घाइते भएका छन् । बिन्दवासिनी प्रहरी चौकीका प्रहरी जवान कौशल चौधरीको कुटपिटबाट पर्साको बहुदरमाई नगरपालिका वडा नं. ८ रामनगरीका २८ बर्षिय ई–रिक्सा चालक रंजन साह घाइते भएका हुन् । तिलावे पुल नजिक उनले चलाएको ई–रिक्सा रोकेर प्रहरी जवान चौधरीले ई रिक्सा चालक साहलाई कुटपिट गरेको भिडियो अहिले समाजिक संजाल फेसबुकमा भाइरल भइरहेको छ ।

सो भिडियोमा ई रिक्सा चालकको टाउकोबाट रगत खसी रहँदा पनि प्रहरी जवान चौधरीले ठूलो अपराधि सरह उनको कलर समातेर लगेको देखिन्छ । यो प्रहरीको दादागिरी भएको भन्दै समाजिक संजालमा प्रहरीको आलोचना समेत भइरहेको छ । घटनाबारे पता लगाउँदा पोखरियाबाट वीरगंज तर्फ आइरहेको मधेश प्रदेश ०३–००२ ख १८२२ नम्बरको ई रिक्सा लोडर तिलावे पुल नजिक डियुटीमा खटेको प्रहरी जवान चौधरीले रोक्नको लागि सिटी बजाएका थिए । प्रहरीको सिटी सुनेर पछाडी हेर्दा प्रहरी जवान चौधरी अर्कै तर्फ फर्केको हेरर ई रिक्सा अगाडी बढाउँदै हिडेका थिए ।

त्यसपछि डियुटीमा खटेको प्रहरी जवान चौधरी पछाडीबाट आएको बसमा चढेर तिलावे पुल पारि तेल टंयाकी नजिक पुगेको सो ई रिक्सालाई रोकी तिमी किन ई रिक्सा नरोकेको भन्दै अपशब्द प्रयोग गर्नुको साथै कुटपिट गरेका हुन् । घटनाबारे आफुले जिल्ला प्रहरी कार्यालयमा जोहर गरिसकेको वताउँदै सम्बन्धित प्रहरीसंग स्पष्टिकरण सोधिने इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक मोहन बिक्रम केशीले वताए । गल्ती गरेको देखिए कारवाही हुने प्रहरी निरिक्षक केशीले वताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...