18 January ,2025,Saturday

मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखको रिहाईको माग गर्दै कर्मचारीहरुको प्रदर्शन

वीरगंज, २७ चैत । वीरगंज महानगरपालिका– १५ भेडीयाहीमा रहेकोे नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका कर्मचारीहरुले पक्राउ परेका प्रबन्ध निर्देशक र ल्याब प्रमुखको रिहाईको माग राख्दै प्रदर्शन गरेका छन ।

कर्मचारीहरुले जिल्ला प्रहरी कार्यालय पर्साको अगाडी कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी र ल्याब प्रमुख सञ्जय साहलाई रिहाईको माग राख्दै प्रदर्शन गरेका हुन ।

नेशनल मेडिकल कलेजका कर्मचारीहरुले मंगलबार दिउँसो १२ बजेदेखि पक्राउ परेकाहरुको रिहाईको माग राख्दै प्रदर्शन गरेका थिए। प्रर्दशनका क्रममा उनीहरुले पक्राउ परेका एमडी र डाक्टरलाई रिहा गर , हाम्रो माग पुरा गर भन्ने नारा लगाएका थिए ।

मेडिकल कलेजले म्याद गुज्रिएका सामग्री प्रयोग गर्ने गरेको गुनासो आएपछि प्रहरीले सोमबार दिउँसो मेडिकल कलेजका प्रबन्ध–निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साहलाई नियन्त्रणमा लिएको थियो । पर्सा प्रहरीले नेशनल मेडिकल कलेजबाट पक्राउ परेकाहरुको माथी अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...