16 September ,2024,Monday

नेशनल ईन्फोटेक (एनआई) कलेजका विद्यार्थीहरुद्वारा हरिखेतानमा तोडफोड

वीरगंज, १६ वैशाख । वीरगंजमा रहेको हरि खेतान बहुमुखी क्याम्पसमा आइतबार विद्यार्थीहरूले तोडफोड गरेका छन् । कक्षा १२ को परीक्षामा सहभागी नेशनल ईन्फोटेक (एनआई) कलेजका विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् ।

आइतबार भएको कक्षा १२ को परीक्षामा खटिएका पर्यवेक्षकहरूले परीक्षा मर्यादित बनाउने बहानामा आफूहरूलाई पटक पटक मानसिक यातना दिएको आरोप लगाउँदै विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् ।

आक्रोशित विद्यार्थीहरुले गरेको ढुंगामुडाबाट क्याम्पस भवन, क्याम्पसको बस, गाडी, फर्निचर लगायतमा क्षति पुगेको छ । विद्यार्थीहरुले राष्ट्रिय परिक्षा बोर्ड समन्वय कार्यालय हेटौडाको बागमती प्रदेश ०३(००१ झ ००६३ नम्बरको गाडीमा समेत तोडफोड गरेका छन् ।

यसैगरी हरिखेतानका क्याम्पसका ना १ क १६९५ नम्बरको बस, ना २९ प ९१६२ नम्बरको स्कुटी, बा ५८ प २२०१, ना ४३ प ६०१, ना २५ प ७०६२ नम्बरको लगायतका मोटरसाइकलमा समेत तोडफोड गरेका छन् । परिक्षार्थी विद्यार्थीहरुले केही मोटरसाइकलहरु क्याम्पस भित्र रहेका नालामा समेत फालिदिएका हुन् ।

यसका साथै विद्यार्थीहरुले क्याम्पसको लेखा तथा प्रशासनमा रहेको कम्प्युट, टेबुल, कुर्सी, एसीमा समेत क्षति पुर्याएको क्याम्पसले जनाएको छ ।

परीक्षा चलिरहेको समयमा पर्यवेक्षकहरूले बिना कारण आफूहरूको उत्तर पुस्तिका खोस्ने, कलम भुईँमा खस्दा पनि टिप्न नदिने लगायतका मानसिक यातना दिएको भन्दै विद्यार्थीहरूले परीक्षा सकिएपछि क्याम्पसमा तोडफोड गरेका हुन्।

तोडफोडमा उत्रिएका एक विद्यार्थीले भने पर्यवेक्षकको काम परीक्षालाई मर्यादित बनाउने हो, परीक्षार्थीलाई अनावश्यक दुःख दिने होइन । तर हरि खेतानका पर्यवेक्षकहरूले हामीलाई बिना कारण दुःख दिइरहेका थिए । झरेको पेन उठाउँदा समेत उत्तर पुस्तिका खोसेर निष्कासित गर्ने धम्की दिइरहेका थिए ।’

तोडफोड हुन थालेपछि तनावग्रस्त बनेको स्थिति नियन्त्रणमा लिन गर्नका लागि क्याम्पस परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटीले बताए ।

क्याम्पसमा तोडफोडपछि विद्यार्थीहरूले जुलुस निकाल्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर आइतबारको परीक्षा रद्द गर्न माग गरेका थिए । यता हरिखेतान क्याम्पसका निमित्त क्याम्पस प्रमुख किशोरी राय यादवले भने विद्यार्थीहरूले लगाएको आरोप निराधार रहेको बताए ।

उनले परीक्षा हलमा चिट चोर्न नदिएपछि त्यसैको निहुँमा एनआई कलेजका विद्यार्थीहरू तोडफोडमा उत्रिएको बताए । क्याम्पसमा तोडफोडबाट भएको क्षतिपूर्ति एनआई कलेजले बेहोर्नुपर्ने उनले बताए । एनआइका संचालकहरुको उस्काहटमा परे विद्यार्थीहरु तोडफोमा उत्रेको उनको भनाई थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...