5 July ,2025,Saturday

एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्प अगाडि बढ्ने- इश्वर पोखरेल

वीरगंज, १८ बैशाख । नेकपा एमालेका उपाध्यक्ष इश्वर पोखरेलले एमालेले नेतृत्व गरेमा देशले गति पाउने बताएका छन् । सोमवार प्रेस चौतारी पर्साले वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै उनले छ । एमालेले आफनो अनुसार रणनीति सरकार चलाउने बताए ।
उपाध्यक्ष पोखरेलले अहिलेको सरकार फेरबदल नहुने बताए । बाहिर चलेको कुरा जस्तो वर्तमान सरकार फेरबदल हुने निराधार रहेको प्रष्टयाए । सरकार फेरबदल नभएपनि मुलुकका मेजर पार्टीहरू एउटा अन्डरस्ट्यान्डिङमा जानुपर्ने उनको सुझाव छ । कसैले एक्लै पारेर देशको समृद्धि नहुने भएकोले मेजर पार्टीहरू एक ठाउँमा उभिन जरूरी रहेको उनको भनाइ छ ।
यसरी देश समृद्धिको सवालमा एमालेको नेतृत्वमा आए मात्र मुलुक सही दिशातर्पm अगाडि बढ्ने उनी बताउँछन् । उनले हाम्रो पार्टीले नेतृत्व गरेमा आर्थिक विकासका समृद्धितर्पm ठोस योजनाका साथ अगाडि बढ्छ, राष्ट्रिय स्वभिमान र स्वतन्त्रताको विषयमा अगाडि बढ्छ । सामाजिक सदभाव कायम गर्ने सन्दर्भमा एमाले ठोस ढंगले जान्छ, देश बनाउने सपनाहरूलाई जागृत गर्ने सवालमा एमाले छलाङ् मार्न सक्छ ।’ कृषि, पयर्टन, उर्जासहित आर्थिक क्षेत्रलाई कसरी मजबुत बनाउन सकिन्छ, त्यो एमालेले जान्दछ ।
उनका अनुसार एमाले यी विषयहरूमा नीतिगतरूपमा प्रष्ट र योजनागतरूपमा प्रतिबद्ध छ । अर्काे कुरा जनताले पनि एमालेप्रति विश्वास गरिरहेको हुनाले मुलुक निर्माणका लागि एमालेको नेतृत्वको अपरिहार्य रहेको उनको धारणा छ ।
त्यसैले जनताको विश्वास जितेर हामीले मुलुकको सही ढंगले नेतृत्व गर्न चाहिरहेको उनको प्रष्टोक्ति छ । नयाँ समीकरणबाट बनेको सरकारमा आन्तरिक त्यस्तो कुनै पनि खटपट नरहेकोले सरकार परिवर्तनको विषय आइ नपरेको उनले जनाए ।
एमाले र कांग्रेस मिलेर सरकार बनाउने कुरामा कुनै दम नरहेको उनको भनाइ छ । उनका अनुसार तर यसो भनिरहँदा त्यसको अर्थ यो होइन कि कुनै एक पार्टीले अलग्याएर हमला गर्नु होइन ।
उनी भन्छन्,‘देशका मेजर पार्टीहरूबीच एउटा अन्डरस्ट्यान्डिङ हुनुपर्छ, सबैलाई समेट्नुपर्छ । यो अन्डरस्टाडिनङ् गराउनमा हाम्रो भूमिका र पहल दुईवटै हुनु पर्छ । ताकी देश समृद्धि अगाडि बढोस ।’
पत्रकार सम्मेलनमा एमालेका सचिव योगेश भट्टराइ, एमाले नेता अच्युत मैनाली, सांसद राजकुमार गुप्ता लगायतको सहभागीता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...