3 October ,2024,Thursday

ज्यान मुद्दामा आरोपित १८ वर्षपछि पक्राउ

वीरगज,८ जेठ/ जिल्ला प्रहरी कार्यालय, पर्साले कर्तव्य ज्यान मुद्दामा आरोपित एकजना फरार अभियुक्त १८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन लखनपुर गाविस–९ एकडर्वा हाल सखुवाप्रसौनी गापा–६ निवासी ५० वर्षीय विनोद भन्ने विनय यादव रहेका छन्।
२०६३ साउन १२ लखनपुर निवासी रेखा महतो कम्कर हत्याको आरोपमा यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए। कम्करलाई बिहान १० बजे सोही गाउँनजीकै रहेको गण्डक नहरको किनारामा यादवले गोली हानी हत्या गरी हालसम्म फरार रहेको प्रहरीको दाबी रहेको छ।
तत्कालीन गाविस लखनपुरको अर्को टोल एकडर्वा थियो। एकडर्वामा यादव तथा लखनपुरमा कम्मर समुदायको बहुल्यता रहेको कारण विभिन्न विषयमा लामो समयदेखि विवाद रहँदै आएको थियो। घटनाक्रम अनुसार एकडर्वा निवासी भानु यादवको धान चोरी भएपछि यादव परिवारले कम्कर समुदायका केही युवालाई पक्राउ गरी कुटपिट गरेपछि विवाद भएको थियो।
कुटपिट घटनाको भोलिपल्ट मृतक रेखा कम्करलगायतका एक समूह भानु यादवको घरमा पुगी उनको जेठो छोरो ३० वर्षीय जगदीश यादवलाई भालाले घोपी मारेका थिए। सो घटनामा संलग्न मृतक रेखा कम्करका भाइ नाथुराउत कम्कर, जोखनराउत कम्कर र सिंगासनराउत कम्कर ज्यान मुद्दाको आरोपमा जेलसजाय भोगिसकेका छन्। घटनाको लगभग दुई महीनापछि रेखा कम्करको नहरको डिलमा हत्या भएको थियो।
सो बेला कम्करको हत्या कसले ग–यो भन्ने विषयमा विवाद भएको थियो। तर मृतक रेखा कम्करको परिवारले पक्राउ परेका विनय यादवसहित छजनाले नै हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएको थियो। नाम नलेख्ने शर्तमा एकजनाका अनुसार त्यति बेला राजनीतिक दबाबमा यादव अभियुक्तहरूलाई प्रहरी ज्यान मुद्दा चलाएको थिएन।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...