20 January ,2025,Monday

प्रेस सेन्टर नेपाल, पर्साले दुइ पत्रकारिता पुरस्कार वितरण गर्ने

वीरगंज, १० जेठ । प्रेस सेन्टर नेपाल पर्साले दुईवटा पत्रकारिता पुरस्कार वितरण गर्ने भएको छ । सेन्टरको जिल्ला समितिको बैठकले स्व।पत्रकार कृष्णसेन समृति दिवसको अवसरमा जेठ १२ गते कृय्णसेन स्मृति सम्मान र प्रेस सेन्टर पर्सा क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
पुरस्कार वितरणका लागि मापदण्ड बनाउन केन्द्रीय सदस्य तथा पर्सा इञ्चार्ज निरज पिठाकोटेको संयोजकत्वमा केन्द्रीय सदस्य जगत राई र जिल्ला अध्यक्ष दीपक गौतम सदस्य रहनेगरी समिति बनाएको छ । समितिले मादण्ड बनाएर पुरस्कार छनोट समितिलाई बुझाई सकेको संयोजक पिठाकोटेले जानकारी दिनुभयो ।
त्यसैगरी पुरस्कार छनोटका लागि केन्द्रीय प्रतिनिधि सन्तोष पौडेलको संयोजकत्वमा सचिव शिवनाथ यादव र सदस्य अजित भुजेल रहेको छनोट समिति बनाएको छ । समितिले आज सम्ममा व्यक्ति छनोट गरेर पुरस्कारका लागि सिफारिस गर्ने छ । पुरस्कारको राशी २१-२१ हजारको रहने छ । पुरस्कार जेठ १२ गते वितरण गरिने जिल्ला सचिव शिवनाथ यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...