16 September ,2024,Monday

वीरगंंजमा दृष्टि सम्बन्धि अपाङ्गता भएका ब्यक्तिहरुको लागि ४५ दिने कम्प्युटर तालिम शुरु

वीरगंंज, १८ जेठ । वीरगंंजमा दृष्टि सम्बन्धि अपाङ्गता भएका ब्यक्तिहरुको लागि ४५ दिने कम्प्युटर तालिम शुरु गरिएको छ। शुक्रबार वीरगंंज – १५ मेडिकल चौक स्थित समृद्ध समाजका लागि युवा सशक्तिकरणको आफ्नै भवनमा उक्त तालिमको एक कार्यक्रमका बिच उदघाटन गरिएको छ।

श्री लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र त्रिपुरेश्वर काठमाडौं र समृद्ध समाजका लागि युवा सशक्तिकरणको संयुक्त आयोजनामा दृष्टि सम्बन्धि अपाङ्गता भएका ब्यक्तिहरुको लागि ४५ दिने कम्प्युटर तालिम सञ्चालन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक ( एमडि ) शहनवाज अंसारीले उक्त तालिमको उदघाटन गरेका छन । तालिमको उद्घाटन गर्दै अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरुले पनि प्राविधिक सिप सिकेर व्यवसायिक बन्न सक्ने आशा व्यक्त गरे । साथै आउने दिनमा जुनसुकै समस्या परेमा सिधै म संग सम्पर्क गर्न सक्नुहुने छ । र मेडिकल कलेजको छिमेकी भएको नाताले सधै तपाईहरुको सुख दुःखमा साथ रहनेछ भने वाचा गर्छु ।

यस तालिमबाट २६ जना दृष्टिबिहीन व्यक्तिहरू लाभान्वित हुनेछन् । उपकार नेपाल, सानो पाइला, हिन्दू परिषद् नेपाल, नेपाल तरकारी तथा फलफूल थोक व्यवसायी संघ, नमस्ते नेपाल इन्टरटेन्मेन्ट, राष्ट्र सेविका नेपाल लगायतका संस्थाहरुको सहयोग रहेको छ।

यस तालिमले दृष्टिबिहीन विद्यार्थिहरूलाई प्रविधिसँग जोडिने र उनीहरूलाई रोजगारी र दैनिक क्रियाकलापमा समेत सहजता हुने कार्यक्रम संयोजक एवम् संस्थाका उपाध्यक्ष महेश साहले बताए ।

कम्प्युटर तालिमको अध्यक्षता यसै संस्थाका सदस्य शिवेन्द्र यादवले गरेका थिए । उक्त तालिममा वान मधेश प्रदेशका अध्यक्ष आंशिक अंसारी, श्रीराम हस्पिटलकी स्त्री तथा प्रस्तुति रोग विषेशज्ञ डा. दिप्ती यादव, लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...