spot_img

10 February ,2026,Tuesday

दुर्गाभगवती गाउँपालिकामा समृद्धिको लागि वन परियोजना कार्यक्रम अन्तर्गत विभिन्न तालिमहरु सम्पन्न, जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न वृक्षारोपन अति आवश्यक : अध्यक्ष शम्भु सिंह

रौतहट, जेष्ठ १९ । समृद्धिको लागि वन परियोजना कार्यक्रम अन्तर्गत रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकामा निजि तथा सार्वजनिक जग्गामा गरिने वृक्षारोपन प्रक्रिया तथा तरिका र समुदायमा आधारित दिग्गो वन व्यवस्थापन समुहहरुको लागि सुशासन लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र वातावर्णिय सुरक्षा सम्बन्धि तालिम सम्पन भएको छ ।

गाउँपालिकाको उपाध्यक्ष श्री शिला देवीको अध्यक्षतामा र पालिका अध्यक्ष श्री शम्भु कुमार सिंहको प्रमुख अतिथियातामा निजि तथा सार्वजनिक जग्गामा गरिने वृक्षारोपन प्रक्रिया तथा तरिका सम्बन्धि २ दिने तालिममा प्रशिक्षक वन विज्ञ श्री अस्मिता न्यौपानेले पहिलो दिन सैद्धान्तिक रुपमा वृक्षारोपनको सैद्धान्तिक मान्यता, तरिका, महत्व, वन ऐन, वन नियमावली आदिबारे अभिमुखीकरण गरिनुका साथै दोश्रो दिन गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष ज्युहरु, विभिन् समुहका पदाधिकारीहरु तथा निजि वन धनि लगायतको उपस्तिथिमा वृक्षारोपनको प्रक्रिया सिकाउँदै गाउँपालिकाको विभिन् ठाउँमा वृक्षारोपन समेत गरियो ।

पालिका अध्यक्ष सिंहले रुख विरुवा मानव संग प्रत्यक्ष सम्बन्ध राख्नेहुनाले हरेकलाई घरघरमा विरुवा रोपन र बढ्दो जलवायु परिवर्तनका नकारात्मक असरलाई न्यूनीकरण गर्न वृक्षारोपन अति आवस्यक भएको बताउँदै प्रत्येक पालिकावासीलाई वृक्षारोपन गर्न आग्रह समेत गरे ।

यसैगरी प्रमुख प्रशासकीय अधिकृत श्री परमानन्द पाठकले चुरे विनाश हुदा त्यसको प्रत्यक्ष असर मधेशमा परेको बताउँदै अहिले देखापरेको सुखामय र पानीको समस्या समाधानको लागि पनि वृक्षारोपन आवस्यक रहेको बताए ।

यसै गरि समुदायमा आधारित दिग्गो वन व्यवस्थापन समुहहरुको लागि सुशासन लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र वातावर्णिय सुरक्षा सम्बन्धि तालिममा सहभागीहरुलाई प्रशिक्षक अस्मिता न्यौपानेले सुशासन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा वातावर्णिय सुरक्षा सम्बन्धि आफ्नो प्रस्तुति राख्दै सुशासन, लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा वातावर्णिय सुरक्षा सम्बन्धि महत्व, ऐन, नियमावली आदि बारे प्रस्तुत गर्दै यस सम्बन्धि जनचेतना र जागरुकता जगाउँदै वृक्षारोपन गर्न र पर्यावरण जोगाउन जोड दिनु भयो ।

यसै गरि वन अधिकृत श्री विचित सिंहले सार्वजनिक तथा निजि जग्गामा उन्नत जातका वृक्षारोपन गरे जीविको पार्जन गर्नका साथै आर्थिक लाभ हुने र पारिस्थितिक प्रणालीलाई पनि जोगाउन मदत पुर्याउनुका साथै वातावरण सन्तुलित गर्न मदत पुग्छ बताए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल