16 July ,2024,Tuesday

जीतपुरसिमराको नगरसभा शनिवार हुने

वीरगंज, ६ असार। जीतपुरसिमरा उपमहानगरपालिकाको दशौं नगरसभा बैठक असार ६ गते बिहिवार डाकिएकोमा स्थगित गरिएको छ ।
नगरप्रमुख राजन पौडेलले सूचना जारी गर्दै आज बिहान ११ः०० बजे प्राइम पार्टी प्यालेस, जीतपुरमा हुने नगरसभा बैठक स्थगित गरिएको बताए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको नगरसभा संचालन नियमावली, २०७५को नियम ५ को उपनियम (१) बमोजिम नगरसभाको गणपुरक संख्या ५० प्रतिशत भन्दा बढी सदस्य उपस्थित हुनु पर्नेमा सो अनुसार उपस्थित नभएको कारणले बैठक स्थगित भएको नगरप्रमुख पौडेलले बताए । सोही नियमावलीको नियम ५ को उपनियम (२) बमोजिम अर्काे बैठक असार ०८ गते शनिवार, बिहान ११ः०० बजे प्राईम पार्टी प्यालेसमा हुने नगरप्रमुख पौडेलले जानकारी गराए ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...