16 July ,2024,Tuesday

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको दोस्रो चरणको काम तिब्र

काठमाडौं, ११ असार । नेपाल आयल निगमले आउँदो भदौ मसान्तभित्रै पेट्रोल, मट्टीतेल लगायत पेट्रोलियम पदार्थ पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना अन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल र मट्टीतेल पाइप लाइनबाटै ल्याउने निगमको तयारी छ ।

नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख विनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरण अन्तर्गतका मुख्य ट्यांक निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई तीन महिनाभित्रै सम्पन्न गरेर पेट्रोल–मट्टीतेल पाइप लाइनबाट ल्याइने बताए। परियोजनाको दोस्रो चरणअन्तर्गत ४१ सय किलोलिटर क्षमताका दुई वटा पेट्रोलका ट्याङ्क निर्माण गर्नुपर्ने थियो । अहिलेसम्म दुई वटै ट्याङ्क निर्माणको काम सम्पन्न भएको उनले जानकारी दिए ।

प्रमुख उपाध्यायले पेट्रोलियम पदार्थको भण्डारणसँग जोड्ने पाइप लाइन जडान कार्य भइरहेको छ । पेट्रोल पाइप लाइनबाट ल्याउँदा ढुवानी खर्चमा प्रतिलिटर तीन रुपैयाँ कम हुने उनको भनाइ छ । निगमले अहिले पेट्रोल तथा मट्टीतेल भारतको बरौनीबाट ट्याङ्ककरबाट ल्याउँदै आइरहेको छ । डिजेल भने पाइप लाइनबाटै भित्रिने गरेको छ । साभार– उज्यालो

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...