8 February ,2025,Saturday

बारामा ब्राउन सुगर सहित पर्साका ३ जना पक्राउ

वीरगंज, ११ असार । बारामा प्रहरीले यात्रुवाहक बसबाट लागु पदाार्थ खैरो हेरोइन (ब्राउन सुगर) सहित पर्साका तीन जनालाई पक्राउ गरेको छ ।
्पक्राउ पर्नेहरुमा पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ३२ का मुनिलाल प्रसाद राौनियार, पोखरिया नगरपालिका वडा नम्बर २ का १९ बर्षिय दिपेन्द्र शर्मा र पकाहामैनपुर गाँउपालिका वडा नम्बर ४ खेसस्राहाका १९ बर्षिय भीम गिरी रहेका छन् । यीमध्ये रौनियार ना ६ ख ६०५९ नम्बरको बसका चालक हुन् भने शर्मा र गिरी त्यहि बसका सहचालक हुन् ।

वीरगंज बाट नारायणगढ तर्फ जाँदै गरेको ना.६ ख ६०५९ नम्बरको बस बाराको सिमरा चोकमा प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा उक्त बसको चालकको सिटमुनि लुकाएर राखिएको ९ ग्राम ७६० मिलिग्राम ब्राउन सुगर बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

ब्राउन सुगर सहित पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर उनिहरु विरुद्ध बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...