16 July ,2024,Tuesday

वीरगंजबाट लागु औषध गाँजा सहित दुई जना पक्राउ

वीरगंज, १७ असार । पर्सा प्रहरीले वीरगंजबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको संयुक्त चेकिङ् टोलीले एक भारतिय सहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ बस्ने १८ वर्षीय ईमताज आलम र भारत पुर्वी चम्पारणको मोतिहारी थाना भेलाही मुसहरवा २ बस्ने २२ वर्षीय नवरेज आलम रहेका छन् ।

भारतको रक्सौलतर्फ जाने यात्रुवाहक अटोमा सवार दुबै जनालाई लागु औषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनका अनुसार खानतलासी गर्ने क्रममा ईमताजले बोकेको कालो झोलाभित्र लुकाईछिपाई राखिएको अवस्थामा पाँच किलो ७२० ग्राम लागुऔषध गाँजा फेला परेको हो ।

ईमताजसँगै सवार नवरेजलाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भारतीले बताए । दुवै जनालाई जिल्ल प्रहरी कार्यालय पर्सामा राखी लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...