8 December ,2024,Sunday

गुरु पुर्णिमाको अवसरमा शंमसान घाट परिसरमा वृक्षारोपण

वीरगंज, ६ साउन । गुरु पुर्णिमाको अवसरमा आइतबार वीरगंजको अशोक वाटिका स्थित शंमसान घाट परिसरमा वृक्षारोपण गरिएको छ ।

शंमसान घाट परिसरलाई हरियाली पार्कसहितको मनोरम बनाउन वृक्षारोपण गरिएको वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले बताए । वृक्षारोपण गर्दै महानगर प्रमुख सिंहले खाली जग्गा तथा घर वरपर हरियाली बनाइ राख्नका लागि बोट विरुवा रोप्न सबैलाई आह्वान समेत गरे ।

वीरगंज महानगरपालिकाको आयोजना र साहिब दरबार वीरगंज र ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रको सहयोगमा विभिन्न जातका विरुवा रोपिएको हो । महानगरपालिकाले शंसानघाटलाई स्तरोन्नती गर्दै परिसरलाई हरियाली बनाउन सौन्दर्यकरणको काम गरिरहेको छ ।

यस्तै आइतबार नै वडा नं. २१ परवानीपुर स्थित शंमसान घाट परिसरमा पनि वृक्षारोपण गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...