20 January ,2025,Monday

जबरजस्ती करणी मुद्दाका फरार अन्सारी पक्राउ

वीरगंज, २१ साउन । जिल्ला प्रहरी कार्यालय, बाराले जबरजस्ती करणी मुद्दामा ९ वर्ष कैद भएपछि फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।
शनिवार राति ९ः३० बजे अस्थायी प्रहरी पोष्ट बसपार्क कलैयाले कलैया उपमहानगरपालिका वडा नं। ६ मदर्शाटोल बस्ने वर्ष २७ को इम्तियाज अंसारीलाई पक्राउ गरेको जिप्रका, बाराले जनाएको छ । जिल्ला अदालत बाराले जबरजस्ती करणी मुद्दामा अन्सारीलाई ९ वर्ष ६ महिना १५ दिन कैद सजाय तोकेपछि अन्सारी फरार भएका थिए ।
पक्राउ परेका अन्सारीलाई कैद भुक्तानको लागि जिल्ला अदालत बारा, कलैयामा दाखिला गरिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...