18 January ,2025,Saturday

१२ लाख ३३ हजारको अवैध सामान नियन्त्रण

वीरगंज, २१ साउन । जिल्ला प्रहरी कार्यालय, बाराले १२ लाख ३३ हजार बराबरको प्याज र मोबाइलको डिस्पले सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगंजले आइतवार जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंजमा वीरगंजबाट नारायणघढ जादै गरेको बा ३ ख ४९८६ नम्बरको यात्रीबाहक बसमा लोड गरिएको सात लाख ३३ हजार ५०० मूल्य बराबरको बिभिन्न किसिमका मोबाइलको डिस्पले ४८९ पिस नियन्त्रणमा लिएको छ ।
यसैगरी प्रहरी चौकी पथलैयाले आज बिहान जीतपुर सिमरा उप–महानगरपालिका वडा नं. १ पथलैया चोकमा रौतहटबाट कास्की जादै गरेको प्र.२–०३–००१ ख ०९५६ नम्बरको ट्रकमा लोड रहेको एक हजार किलो प्याज (करीब पाँच लाख मूल्य बराबर) नियन्त्रणमा लिएको छ ।
बरामद सामान र ट्रक कारबाइको लागि आन्तरिक राजश्व कार्यालय पथलैया बारामा बुझाएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...