20 January ,2025,Monday

अल्पाइन मावि कक्षा १२ विज्ञान संकायका १३ जना विद्यार्थी ए प्लस हासिल गर्न सफल

वीरगंज, २२ साउन । वीरगंज महानगरपालिका–११ दुर्गाटोलस्थित अल्पाइन माध्यमिक विद्यालयका १३ जना विद्यार्थीले कक्षा १२ को विज्ञान संकायमा ए प्लस ग्रेड हासिल गरेका छन् ।
राष्ट्रिय शिक्षा बोर्ड (एनइबी)–२०८० को कक्षा १२ को राष्ट्रिय स्तरको परीक्षामा सो विद्यालयको कक्षा १२ विज्ञान संकाय तर्फ १३ जनाले ए प्लस ग्रेड हासिल गरेको विद्यालयका व्यवस्थापक विनोदकुमार उपाध्यायले जानकारी गराउनुभयो ।
राष्ट्रिय शिक्षा बोर्ड कक्ष्Fा १२ को राष्ट्रिय परीक्षामा अल्पाईन माध्यमिक विद्यालयले पहिलो र दोस्रो जिल्ला टप अङ्क प्राप्त गर्न सफल भएको व्यवस्थापक उपाध्यायले बताउनुभयो ।
उहाँले यस प्रगतिमूलक परिणामको सम्पूर्ण श्रेय हाम्रा लगनशील विद्यार्थीहरूको परिश्रम तथा शिक्षक वर्गहरूको समर्पण भावलाई जाने बताउनुभयो । अल्पाईन माध्यमिक विद्यालय यस्तो परिश्रमी र परिणाममूलक प्रतिफल ल्याउन सक्ने सक्षम भएका शिक्षक समूहलाई पाएर आफुलाई गौरवान्वित महसुस भएको बताउनुभयो ।
यसपालि देखि अल्पाईन माध्यमिक विद्यालयले व्यवस्थापन संकाय सफलतापूर्वक शुरू गरेको उहाँले बताउनुभयो । विज्ञान जस्तै प्लस टु मैनेजमेन्टलाई पनि उदाहरणीय परिणाममूलक र व्यवस्थित रूपले सञ्चालन गरी कक्षा १२ पछि विद्यार्थीहरूलाई सिए तथा व्यवस्थापकीय पेशामा संलग्न गराई स्तरीय जीवन प्रदान गर्ने विश्वासले अगाडि बढिरहेको व्यवस्थापक उपाध्यायले बताउनुभयो ।
उहाँले अल्पाइन माध्यमिक विद्यालयप्रति सहयोग एंव सकारात्मक तथा नकारात्मक भाव राख्ने सम्पूर्ण व्यक्तित्वहरूलाई हृदयदेखि धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभयो, सकारात्मकताले उत्साह वृद्धिमा मदत गर्छ भने नकारात्मकताले हाम्रो गलती सुधार्नमा अभूतपुर्व भूमिका खेलिरहेको हुन्छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...