18 December ,2025,Thursday

वीरगंजवासीलाई जेब्रा क्रसिङबाट बाटो काट्न सिकाउदै सामुदायिक सेवा केन्द्र मुर्ली

वीरगंज, २२ साउन । सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुरले बटुवाहरुलाई जेब्रा क्रसिंगबाट बाटो काट्न प्रशिक्षण दिन थालेको छ ।
केन्द्रका पदाधिकारीहरुले आज बिहान वीरगंज महानगरपालिका–११ मुर्लीचोकमा रहेको जेब्रा क्रसिङबाट सर्वसाधारणलाई बाटो काट्न प्रशिक्षण दिएका हुन् ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्ली पर्साका पदाधिकारीहरुले पैदल यात्री, साइकल चालकहरू समेतलाई जेब्रा क्रसिङबाट बाटो काट्दा दायाँ बायाँ हेरेर मात्र बाटो काट्न सम्झाई बुझाई प्रशिक्षण दिएका छन् । वीरगंजका सर्वसाधारणहरुले जथाभावी बाटो काट्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने गरेका छन् जसले गर्दा सडक दुर्घटनामा पनि वृद्धि भएको छ ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र श्रीपुरका सचिव कुलनारायण (दिलीप) प्रधान, उपाध्यक्ष्F जयलाल साह, प्रहरी हवल्दार सुभाषप्रसाद यादव, प्रहरी जवान अवरेन राय, राजुप्रसाद चौरसिया, निर्मल ताम्राकार, मधु सिंह राजपूतलगायतले सर्वसाधारण बटुवा, साइकल चालकलगायतलाई प्रशिक्षण दिएका थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल