19 January ,2025,Sunday

सामान्य प्रशासनमन्त्री गुप्ता र स्विजका राजदूतबीच भेटवार्ता

काठमाडौं, २८ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग स्विजका राजदूत डा. ड्यानियल म्युवली मन्टेलिओनले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा आपसी सहयोग, द्विपक्षीय हितलगायतका विषयमा छलफल भएको मन्त्री गुप्ताको सचिवालयले जनाएको छ । भेटमा मन्त्री गुप्ताले राजदूत मन्टेलिओनले सफलताको शुभकामना व्यक्त गर्दै नेपाल र स्विजबीचको सम्बन्धलाई जनस्तरमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

राजदूत मन्टेलिओनले दुवै मुलुकको विकास तथा समृद्धिका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै सूचना प्रविधि तथा जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको लागि विश्वास व्यक्त गरे।

भेटमा राजदूत मन्टेलिओनले नेपाल र स्विजबीच जनस्तरको सम्बन्ध रहेको बताए । नेपाल र स्विजबीच जनस्तरको सम्बन्ध छ, दुई देशबीचको द्विपक्षीय सम्बन्ध र सहयोग अझ प्रागाढ र सुदृढ बनाउने कार्यमा मेरो भूमिका रहनेछ, उनले भने । स्विज र नेपालबीचको सम्बन्ध घनिष्ट एवम् मैत्रीपूर्ण रहिआएको उनले बताए ।

जनता–जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्य मान्यता नै बुहपक्षीय स्विज नेपाल सम्बन्धको जग भएको बताउँदै मन्त्री गुप्ताले भने, यस सम्बन्धलाई अझ प्रागाढ बनाउनका निम्ति हाम्रो स्थानीय तह र स्विजका विभिन्न सहरबीच भगिनी सम्बन्ध कायम गर्न हामी इच्छुक छौँ ।

नेपाल र स्वीट्जरल्याण्डबिच सन् १९५६ मा दौत्य सम्बन्ध कायम भएदेखि सधैं सौहार्दपूर्ण सम्बन्ध रही आएकोमा मन्त्री गुप्ताले खुशी व्यक्त गर्दै दुई मुलुकबिच भौगोलिक दुरी भए पनि मित्रता, सद्भाव, सहकार्य र आपसी सम्मानको भावनाले सम्बन्ध बनेको बताए ।

सवीट्जरल्याण्ड सहभागितामूलक लोकतन्त्रको सफल अभ्यास गर्ने र संस्थागत गर्ने मुलुकको रूपमा प्रसिद्ध छ। नेपाल पनि लोकतन्त्रको सबलीकरण र लोकतान्त्रिक संस्थाहरू तल्लो तहसम्म सुदृढ गर्न प्रयासरत रहेको मन्त्री गुप्ताले बताए ।

नेपाल स्वीस विकास सहायता तथा सहकार्य नियोग ( SDC ) को प्राथमिकता रहेको मुलुकमा पर्दछ । नेपालको आर्थिक सामाजिक विकासमा स्वीस विकास सहायताले महत्त्वपूर्ण योगदान गरेको उनले बताए ।

( SDC ) को सहयोगमा कोशी प्रदेशका नगरपालिकाहरूको आन्तरिक राजश्व अभिवृद्धि गर्न परियोजना दस्तावेज निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ र निकट भविष्यमा नेपाल सरकार र स्वीस सरकारबिच यस परियोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको मन्त्री गुप्ताले स्विजका राजदूत डा. मन्टेलिओनलाई बताए ।

नेपाल सरकार गुणस्तरीय शिक्षामा सबैको समान पहुँच, उद्यमशीलता सम्बन्धी सीपको विकास र युवाशक्तिलाई देशमा नै राखिराख्न शिक्षा र रोजगारबिच सन्तुलन मिलाउन प्रयासरत रहेको संघीय मंत्री गुप्ताले बताए ।

नेपाललाई आफ्नो विकास सहयताको प्राथमिकता मुलुकमा राखेकोमा स्वीस सरकार र जनता प्रति नेपाल सरकार र मेरो व्यक्तिगत तवरबाट हार्दिक आभार व्यक्त गरे ।

संघीय मन्त्रालयसँग सम्बन्धित कुनै पनि कामको लागि वार्ता, सहयोग र सहजीकरण गर्न सधैं ईच्छुक रहेको बताउँदै दुवै देश र जनताको परस्पर हित र सम्बन्धलाई अझ प्रागाढ र बलियो बनाउनका लागि स्विज सरकारसँग द्विपक्षीय र बहुपक्षीय स्तरमा नजिकको सम्बन्ध कायम गरी काम गर्न चाहेको गुप्ताको भनाइ थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...