वीरगंज, २८ साउन । नेकपा एमाले पर्सा जिल्ला कमिटीको दोश्रो पुर्ण बैठक सोमबार वीरगंजमा सम्पन्न भएको छ ।
पर्सा जिल्ला कमिटीको अध्यक्ष डा. विशम्भर कुमार शर्माको अध्यक्षतामा भएको बैठकमा प्रमुख अतिथि स्थायी कमिटी सदस्य तथा मधेस प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले मिशन ८४ को लक्ष्य लिएर ग्रासरुटमा पार्टी संगठन निर्माण गर्न कार्यकर्तालाई निर्देशन दिनु भएको छ । उहाँले पार्टीमा इमान्दारी र निष्ठावान कार्यकर्ताले मात्र अवसर पाउने वताउनु भएको छ ।
बैठकमा मधेस प्रदेश कमिटी अध्यक्ष चन्देश्वर मण्डल, केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, निर्मला देवकोटा, सल्लाहकार परिषद् सदस्यहरु जालिम मियाँ, ठाकुर प्रसाद न्यौपाने, मुन्नी श्रीवास्तव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । उपाध्यक्ष मनोज कुमार गुप्ताले प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । बैठकमा सचिव महेश दासले सहजीकरण गर्नु भएको थियो । बैठकले सचिवालय गठन, कार्यविभाजन र जिल्ला कमिटी सदस्यमा मनोनयन गरेको छ ।