20 January ,2025,Monday

कांग्रेस र एमालेले दुई दलीय व्यवस्था ल्याउने षडयन्त्र गरिरहेका छन्: सिके राउत

वीरगंज, ३० साउन । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतले मुलुकमा दुई दलीय व्यवस्था लाद्ने षडयन्त्र भइरहेको बताएका छन् ।

वीरगंजमा बुधबार जनमत पार्टी पर्साले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले कांग्रेस र एमालेले दुई दलीय व्यवस्था लाद्ने षडयन्त्र गरिरहेको बताए । उनले भने,‘कांग्रेस र एमाले मुलुकमा दुई दलीय व्यवस्था ल्याउने षडयन्त्रमा अहिले लागेका छन् । साना दलहरुलाई नामेट पारेर आफनो मात्रै राजपाट चलाउने साजिस गरिरहेका छन् ।’

अध्यक्ष राउतले संघीयता र गणतन्त्र खारेज गर्ने षडयन्त्र पनि उनिहरुले गरिरहेको आरोप लगाए । उनले भने, अहिले कांग्रेस र एमाले अचानक मिल्नुको कारण अरु केहि होइन । दुई दलीय व्यवस्था ल्याउने अनि संघीयता र गणतन्त्र खारेज गरेर आफनो हालीमुहाली चलाउने । उनिहरु मिल्नुको कारण यत्ति मात्र हो ।

त्यसैले जनता अहिले अ अझ धेरै सजग र सचेत बन्नुपर्ने अवस्था रहेकोे उनले बताए । राउतले भने,‘अहिलेको संविधानबाट हामीले जे जति त अधिकार पाएका छौं त्यो जुनसुकै बेलापनि खोसिन सक्छ । त्यसैले जनता अहिले अझ धेरै सजग र सचेत अवस्थामा रहनुपर्छ ।’प्राप्त अधिकारको रक्षा र थप अधिकार प्राप्तिका लागि आन्दोलनको तयारीमा रहनपनि उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

 

 

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...