ठोरी ३१ साउन । वीरगंज–ठोरी हुलाकी सडकखण्डमा बिहीवार दिउँसो बाघ देखिएपछि ठोरी –४ मालिवस्ती वरपरका क्षेत्रमा फेरि बाघ आतङ्क बढेको छ । मालिवस्ती नजिकै आज बिहान बाघ देखिएपछि स्थानीयहरू त्रसित भएका हुन्।
मालीवस्ती नजिकैको ओरिया खोला किनारमा बिहान पाटेबाघ देखिएपछि बाघ हेर्न स्थानीयको भिड नै लागेको थियो । केही दिनयता रातको समयमा सो क्षेत्र वरपर लगातार नै बाघ ओहोरदोहोर गरिरहेको मालीवस्तीकी स्थानीय गोमा उपाध्यायले बताउनुभयो । बाघ देखिएपछि हात्तीसहित नेपाली सेना,नेपाल प्रहरी लगायतले बाघलाई नियन्त्रणमा लिन खोजेको भएपनि सफल हुन सकेन । ओरिया खोला वारी हुलाकी सडक किनारमा रहेको बाघ मानिसको होहल्ला भएपछि खोलापारीको काँसघारीपट्टी लागेको प्रत्यक्षदर्शीहरूले बताएका छन।

ठोरीमा बाघले खोरमा नै झम्टेर गाइवस्तु खाने क्रम नरोकिरहेको बेला दिनदहाडै बाघ देखिएपछि स्थानीयमा बाघ आतङ्क नै बढेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -