8 February ,2025,Saturday

राष्ट्रिय दलित पत्रकार संघ पर्साको आयोजनामा निशुल्क आँखा शिबिर सम्पन्न

वीरगंज, ३२ साउन । राष्ट्रिय दलित पत्रकार संघ पर्साको आयोजनामा वीरगंज – ०८ टोल गहवामा निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । संघको अध्यक्ष श्याम पासवानको अध्यक्षतामा आयोजित शिबिरको उदघाटन नेकपा (एकीकृत समाजबादी) पर्साका अध्यक्ष बालगोपाल थापाले गर्नु भएको थियो ।

वीरगंज सामुदायिक आँखा अस्पतालको सहयोगमा सञ्चालित शिबिरमा १०२ जनाले आँखा परिक्षण गराएका छन । जसमध्ये २५ जनामा मोतियाबिन्दु फेला परेको छ । मोतियाबिन्दु फेला परेकोलाई भदौ २ गते आइतबार निशुल्क शल्यक्रिया गरिने सो अस्पतालका सञ्चालक डा.महेश्वर धामिले बताए । शिबिरमा राष्ट्रिय दलित पत्रकार संघका सल्लाहकारद्वय बृजलाल पासवान, सुबास राम, उपाध्यक्ष सुरेश बादल, दलित अभियान्ता निला राम, स्थानीय अगुवा उमेश ठाकुर, वार्ड सदस्य संगीता दास लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...