20 January ,2025,Monday

सम्बन्धमा ‘पर्सनल स्पेस’ र यसका फाइदा

एजेन्सी, २ भदौ । सम्बन्धमा पर्सनल स्पेस यस्तो महत्वपूर्ण कुरा हो, जुन पाउन सकिएन भने दुरी बढ्छ । एक अर्कालाई पर्सनल स्पेस दिनुभएन भने सम्बन्धमा तितोपना आउन सक्छ ।

धेरै पटक मानिसले व्यक्तिगत समयलाई सम्बन्धमा अविश्वाससँग जोड्न थाल्छन् । पर्सनल स्पेस जसलाई ‘मी टाइम’ पनि भनिन्छ, छोटो समयको लागि यो यस्तो स्वतन्त्रता हो, जसले हृदय र दिमागलाई चार्ज गर्दछ र तपाईं सबै कुरामा आफ्नो उत्कृष्ट दिन सक्नुहुन्छ । त्यसैले सम्बन्धमा यसको महत्त्व बुझ्नु धेरै महत्त्वपूर्ण छ ।

सम्बन्धमा पर्सनल स्पेसले कस्तो भूमिका खेल्छ ? यसबारे जानौँ–

धेरै पटक पार्टनर व्यक्तिगत समयको बारेमा कुरा गर्दा रिसाउन थाल्छन् । यसले अर्को पार्टनरलाई लाग्छ कि तपाईं उसलाई विश्वास गर्नुहुन्न । सम्बन्धलाई राम्रोसँग चलाउन विश्वास धेरै महत्त्वपूर्ण कुरा हो । जब तपाईं आफ्नो पार्टनरलाई व्यक्तिगत समय दिनुहुन्छ, यसले तपाईंले उसलाई विश्वास गरेको जनाउँछ, जसले सम्बन्धमा इन्धनको रूपमा काम गर्दछ ।

व्यक्तिगत समय दिनुले पनि आपसी सम्बन्धलाई बलियो बनाउँछ । व्यक्तिगत समयमा एक व्यक्तिले धेरै चीजको बारेमा सोच्ने समय पनि पाउँछ । जसमा सम्बन्ध पनि समावेश हुन्छ ।

स्वस्थ सम्बन्धको लागि दुवै पार्टनर खुसी हुनु धेरै महत्त्वपूर्ण छ । जब तपाईं एक अर्कालाई स्वतन्त्रता दिनुहुन्छ तब उनीहरूको मन खुसी रहन्छ । उनीहरू सम्बन्धमा आफ्नो १०० प्रतिशत दिने प्रयास गर्छन् । खुसी मानिसले मात्र अरूलाई खुसी राख्न सक्छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...