वीरगंज, ७ भदौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर –९ मास्टर चोकमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा कार चालक स्याङजा अरुणचौपाही नगरपालिका–१ का ३३ वर्षिय चुडा बहादुर विष्ट,पोखरा महानगरपालिका –११ का ६३ वर्षका पुरण श्रेष्ठ र लमजुङ वेशीशहर नगरपालिका ८ बस्ने वर्ष १७ की नेहा रानामगर रहेका छन् ।
घाइते तीनै जनाको हेटौंडा स्थित सञ्चो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बुलेट चालक फरार रहेकोले खोजीकार्य भैैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस् ।