20 January ,2025,Monday

गाँउ सभाबाट म्याद थपने सहमति पछि कालिकामाई गाउँपालिकाको तालाबन्दी खोलियो

वीरगंज, ७ भदौ । पर्साको कालिकामाई गाँउपालिका कार्यालयमा करारका कर्मचारीहरू म्याद थपने सहमति पछि पालिका कार्यालयमा लगाईएको तालाबन्दी खोलिएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा जनप्रतिनिधिहरू बिच भएको आन्तरिक सहमति पछि तालाबन्दी खोलिएको हो । अगामी भदौ १९ गते पालिकाको गाउँसभा गर्ने र गाँउसभाबाटै निर्णय गरेर कर्मचारीहरुको म्याद थप्ने सहमति पश्चात तालाबन्दी खोलिएको वडा नम्बर ३ का अध्यक्ष संजय पटेलले बताउनु भयो ।

पालिका अध्यक्षले मनोमानी तरिकाले केही कर्मचारी हटाएपछि कर्मचारीहरू बिगत १४ दिन देखि ९ जना स्वास्थ्य सेवाका कर्मचारीहरु गाँउपालिका कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिदै आएका थिए ।

९ वर्ष अगाडि तत्कालीन स्वास्थ्य निर्देशनालयले न्युक्त गरेको ६ जना र पालिकाले आफ्नो आवश्यकता अनुसार न्युक्त गरेको २ जना कर्मचारीलाई हटाएर पालिका अध्यक्षले सो ठाउमा आफ्नो कार्यकता भर्ना गर्न खोजेपछि आन्दोलन सुरू भएको थियो ।

तत्कालीन जिल्ला जनस्वास्थ्य कार्यालय बाट करिब ९ वर्ष अगाडि स्वास्थ्य चौकीको कार्यालयमा नियुक्त भएर काम गर्दै आएका कर्मचारीहरूलाई पालिका स्थापना भएपछि निरन्तरता दिईएको थियो । उनिहरू संघिय सरकारको अनुदान रकमबाट तलब पाउदै आएका छन । तर पालिका अध्यक्षले पालिकालाई भार परेको भन्दै उनिहरूको म्याद थपेका थिएनन् ।

आयोगबाट दरबन्दी कायम भएर नआए सम्म उनिहरूलाई निरन्तरता दिने पालिकाको तत्कालीन बोर्ड निर्णय गरि उनिहरूले निरन्तरता पाएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको कार्यकक्षमा भएको वार्तामा पालिका अध्यक्ष बशिष्ठ कुमार,उपाध्यक्ष राजमती देबी,वडा १ का अध्यक्ष लालबाबु चौरसिया, २ का अध्यक्ष सोनालाल चौरसिया,३ का संजय पटेल ,४ का संजय साह र ५ का अध्यक्ष जयनरायण पटेल सहभागी रहेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...