26 March ,2025,Wednesday

अव्यवस्थित नारायणी अस्पतालमा गरीबले सहज पाउदैनन उपचार

वीरगंज, २५ भदौ । मौसममा लगातार उतारचढावको कारण पर्सामा बिरामीहरुको संख्या निकै बढेको छ । चर्को घाम, प्रचण्ड गर्मी र उकुसमुकुस मौसमको कारण भाइरल ज्वरो, मुटुलगायतका रोगीहरु बढेका छन् ।
नारायणी अस्पताल वीरगंजको ओपिडीमा बिहान आठ बजेदेखि नै टिकट काट्ने बिरामीहरुको घुइचो लाग्ने गरेको छ । नारायणी अस्पतालको ओपिडीमा स्वास्थ्य बीमा र स्वास्थ्य बीमा नगराएकाहरुको छुट्टै लाइन लाग्ने गरेको र निकै भीड हुने गरेको छ ।
नारायणी अस्पतालमा गरीबहरुले सहजै उपचार पाउन सक्दैनन् । अस्पतालमा बिरामीहरुले सहजै बेड पाउँदैनन् । बेड पाउनको लागि चिकित्सकको अगाडि बिरामीहरुले हात जोडिरहेका छन् । अस्पतालको बरन्डामा बिरामीहरु लम्पसार परेकाछन् । चिकित्सकहरुलाई कुनै मतलब छैन । डाक्टरहरुले पनि बिरामीहरुसँग राम्रो व्यवहार गर्दैनन् । झर्केर कुरा गर्ने, बिरामीको गुनासो नसुन्ने, बिरामीले भनेको कुरालाई बंग्याएर भन्ने, ज्येष्ठ नागरिकसंग अभद्र व्यवहार गर्ने गरेका छन् । समयमा चिकित्सक आउने गरेका छैनन् । बिरामीको अत्यधिक चाप हुने गरेको कारण नारायणी अस्पताल रेफर अस्पतालकै रुपमा परिचित भएको छ । नारायणी अस्पतालका फार्मेसीमा पनि स्वास्थ्य बीमामार्फत उपलब्ध हुने औषधिमध्ये दुईचार वटा औषधि पाइदैन । प्रायः गरेर मधुमेहको औषधि पाइने गर्दैन ।
प्रतिक्रिया लेख्नुहोस् ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...