3 October ,2024,Thursday

पर्सा प्रहरीले झण्डै ४ करोड बराबरको मालबाहक ट्रकहरू राअका बुझायो

वीरगंज, २६ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साले रु ३ करोड ९३ लाख ८८ हजार ६ यस ३१ बराबरको मालबस्तुहरू लोड रहेको ट्रकहरू पक्राउ गरि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले मंगलबार सांझ ८ः४० बजेको समयमा वीरगंज महानगरपालिकाको वडा नं.२५ मा लु १ ख ७५३२, ना ३ ख ५४९ नम्बरको मालबाहक ट्रकहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले वताए ।

उनका अनुसार विल विजक भन्दा बढीका कम्प्युटरको माउस र व्हिस्की मदिरा लगायतका मालबस्तुहरू लोड गरी वीरगंजबाट काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा खटिएको प्रहरी टोलीले उक्त मालबाहक ट्रकहरू नियन्त्रणमा लिएको थियो ।

अन्दाजी मूल्य रु ३ करोड ९३ लाख ८८ हजार ६ सय ३१ बराबरका मालबस्तुहरू लोड रहेको ट्रकहरु थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता भारतीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...