8 May ,2026,Friday

spot_img
spot_img
spot_img
spot_img

हिन्दूको भावना विपरीत संविधान संशोधन गरिए मान्य हुँदैन : विश्व हिन्दू महासंघ 

काठमाडौँ/देशमा बढ्दै गएको धर्मान्तरण तथा धार्मिक सांस्कृतिक अतिक्रमण, कला संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित हुने कार्य बढ्दै गएपछि त्यसको विरोध स्वरुप विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा शुक्रबार काठमण्डौमा ऱ्याली निकालिएको छ।
विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारीको अध्यक्षतामा धर्म निरपेक्षता खारेज गर, हिन्दू अधिराज्य कायम गर, सांस्कृतिक हस्तक्षेप बन्द गर, सनातनीहरूमाथिको दमन बन्द गर, धर्मान्तरण बन्द गर, राष्ट्रिय एकता खण्डित गर्ने कार्य बन्द गर, जय श्री राम, जय श्री कृष्णजस्ता गगनभेदी नारासहित माईतीघर मण्डलबाट निकालिएको ऱ्याली बानेश्वर पुगेर कोण सभामा परिणत भएको थियो।
कोणसभालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्य माननीय धवल शमशेर राणा, विश्व हिन्दू महासंघ राष्ट्रिय समितिका उपसभापति अरुण कुमार पाण्डे, जानकी मन्दिरका उत्तराधिकारी राम रोशन दास, पूर्व गृह मन्त्री बुद्धिमान तामाङ, पूर्व मन्त्री पशुपति शमसेर जबरा, प्रकाश चन्द्र लोहनी, राप्रपा नेपालका तारानाथ लुईंटेल, नेपालका लागि नेपालीका सुशील चन्द्र अधिकारीलगायतले सम्बोधन गर्नु भएको थियो।
सो ऱ्यालीमा माता कल्याणी आश्रम, राप्रपा नेपाल, राष्ट्रिय सरोकार मंच नेपाल, शाही युवा शक्ति, श्री वाइजु राजु महिला समिति, नेपाल जैन परिषद, श्री गुरुनानक गुरुद्वारा, जानकी मन्दिर जनकपुर, राम मन्दिर वैरागी अखड़ा, लक्ष्मी नारायण मठ मठियानी, ज्योतिष परिषद, पशुपति महिला नित्य आरती परिवार, सनातन धर्म सेवा नेपाल, राष्ट्रिय नागरिक संघर्ष समितिलगायत विभिन्न धार्मिक, हिन्दूवादी/राष्ट्रवादी संघसंगठनका प्रतिनिधिले हाल देशमा बढ्दो राजनीतिक अराजकताको कारणले गर्दा स्थायी शान्ति कायम हुन नसकेको प्रति चिन्ता व्यक्त गरे। वक्ताहरूले लोकतान्त्रिक भनिएको संविधानबाट समग्र नेपाली जनता, ८१ प्रतिशत भन्दा बढी हिन्दु धर्मावलम्बी तथा ९४ प्रतिशत भन्दा बढी ॐकार परिवारले अपनत्व महसूस गर्न सकेनन्। त्यसैले संविधान जारी हुँदा देखि नै विश्व हिन्दु महासंघ लगायतले धर्म निरपेक्ष संविधानको चर्को विरोध गर्दै आए‌को र हालै बनेको सरकारको प्रमुख मुद्दा नै दुई ठूला पार्टीहरू मिलेर संविधान संशोधन गर्ने रहेको हुँदा संविधान संशोधन गर्दा नेपाललाई पुनः हिन्दू अधिराज्य घोषणा गर्नु पर्ने धारणा राखे।
वक्ताहरूले देशमा धार्मिक-सांस्कृतिक अतिक्रमण, धर्मान्तरणका समस्याहरू गम्भीर रुपमा बढेर गएको प्रति चिन्ता व्यक्त गरे। ‘वसुधैव कुटुम्बकम’को उच्च आदर्श बोकेको वैदिक सनातन धर्मलाई क्षति पुऱ्याउन र नेपालीको मौलिक कला, संस्कृति, पहिचान र राष्ट्रिय एकतालाई खण्डित गर्न अवाञ्छित गतिविधिहरू दिनानुदिन बढ़ीरहेकोमा सरकारको ध्यानाकर्षण गराउँदै वक्ताहरूले आवन्छित गतिविधिमा अंकुश लगाउन समेत अनुरोध गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल