जनकपुरधाम, ३० भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेस प्रदेशसभा सदस्य जितेन्द्र प्रसाद सोनलसँग स्पष्टिकरण माग गरेको छ। सोनलले आफुखुशी पार्टीको निर्देशन र मनसाय विपरित प्रदेश सांसद जयनुल राईनको अध्यक्षतामा दलको बैठक बोलाई आफूलाई संसदीय दलको नेता घोषित गरेको भन्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्पष्टिकरण माग गरेका हुन्।
ठाकुरले सोनलले आफुखुशी दलको नेता घोषित गरी सभामुख समक्ष पेश गरेको निर्णय कदापी मान्य नहुने बताउँदै उनीमाथि किन कारवाही नगर्ने भनेर स्पष्टिकरण सोधेका हुन्।
ठाकुरले ३ दिन भित्रमा लिखित जवाफ नदिएमा पार्टीबाट निष्काशन गर्ने जनाएका हुन्। ठाकुरले सभामुख रामचन्द्र मण्डललाई समेत पत्र लेख्दै यसअघि संसदीय दलका नेता रहेका अभिराम शर्मालाई निरन्तर्ता दिन आग्रह गरेका छन्।
सशस्त्र प्रहरीका असई थमन विकको हत्याको घटनामा जिल्ला अदालत महोत्तरीले शर्मालाई जन्मकैदको सजाय सुनाएपछि प्रदेशसभाले उनलाई निलम्बन गरेको थियो।
ठाकुरले लोसपा नेपालको मधेस प्रदेश संसदीय दलको विधानको धारा १०९१०, धारा ५९७०, धारा १६९१० र धारा १६९६० विपरीत भदौ १४ गते बैठक बसी जितेन्द्र प्रसाद सोनललाई संसदीय दलको नेता चयन गरिएको सो निर्णयलाई मान्यता नदिन अनुरोध गरेका हुन्। साभार–देश सञ्चार