3 October ,2024,Thursday

भुक्तानी भएपछि नारायणी अस्पतालको एमआरआई सेवा सुचारु

वीरगंज, ३० भदौ । बन्द अवस्थामा रहेको वीरगंजको नारायणी अस्पतालको एमआरआई सेवा सुचारु भएको छ।बिगत ६ महिनादेखि भुक्तानी नदिएका कारणले बन्द रहदै आएको एमआरआई सेवा आईतबारदेखि पुनःसुचारु भएको हो।

भुक्तानी नदिएका कारणले चिनियाँ कम्पनीले नारायणी अस्पतालको एमआरआई मेशिनको सफटवेयर अपडेट गरेको थिएन।जसका कारणले एमआरआई मेशिन बन्द भएको थियो।तर अस्पतालले कम्पनीलाई तिर्न बाँकी रहेको बीस प्रतिशत रकम तिरेपछि एमआरआई मेशिन सुचारु भएको हो।चिनियाँ कम्पनीलाई तिर्न बाँकी रहेको रकम तिरिएकोले कम्पनीले सफटवेयर अपडेट गरिदिएकोले एमआरआई मेशनि आईतबार देखि सुचारु भई बन्द रहेको एमआरआई सेवा शुरु भएको अस्पतालका निम्ति मेडिकल सुपरिटेन्डेन्ट डा।एनामुल हकले जानकारी दिए।सफटवेयर अपडेट भएको कागजात पनि आईसकेकोले एमआरआई सेवा शुरु भएको उनले बताए।

रकम भुक्तानी भएसँगै आईतबारदेखि नै अस्पतालबाट एमआरआई सेवा पुनः उपलबध भएको हो।अस्पतालले बितेको बर्ष तीस करोडमा थ्रि टेस्लाको अत्याधुनिक एमआरआई मेशिन खरिद गरि कार्तिक महिनाबाट सञ्चालनमा ल्याएको थियो।तर वीस प्रतिशत रकम भुक्तानी गर्न अस्पतालले बाँकी राखेपछि चिनिया कम्पनीले एमआआई मेशिनको सफटवेयर अपडेट नगरिदिएपछि सञ्चालन भएको केही महिनामै एमआरआई सेवा बन्द भएको थियो।

एमआरआई सेवा बन्द भएपछि बिरामीले बाहिरका निजी अस्पतालहरुबाट एमआरआई गराउन बाध्य भएका थिए।बाहिर दोब्बर रकम तिरेर बिरामीहरुले एमआरआई गराउनुपर्ने बाध्यता थियो।नारायणी अस्पतालमा दैनिक पाँचदेखि दसवटासम्म एमआरआई हुदै आएको छ। साभार–देश सञ्चार

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...