spot_img

10 February ,2026,Tuesday

नारायणी अस्पताल र कुम्हालटोलमा गरीबको लागि निःशुल्क भोजन शिविर

वीरगंज, ५ असोज । प्रत्येक शनिवार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा वीरगंज समाज सेवाले निशुल्क भोजन खुवाउदै आएकोमा २२औं सप्ताह शनिवार पनि निशुल्क भोजन गरीएको छ।
नारायणी अस्पतालमा बिरामीहरू, कुरूवाहरू लगायत गरिब, असहाय गरिबहरूलाई सहज होस भनि हरेक सप्ताहको शनिवार बिहानको खाना खुवाउने गरेको वीरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले जानकारी दिए । दाल, भात, तरकारी, अचार ५०० जनाले हरेक हप्ता खाने गरेको वीरगंज समाज सेवाले जनाएको छ ।
सेवा नै धर्म हो, गरिब, दिन दुःखि, असहायहरूलाई भोजन गराउनु जस्तो अरू धर्म केहि पनि होईन, हामिहरू आफ्नो लागि मात्र बाचिरहेका छौ, अरूको लागि पनि केहि गरौ भन्ने सोचका साथ हामि साथी भाईहरू मिलि आफ्नो निजि खर्चबाट संचालन गरेको अध्यक्ष अशोक गुप्ताले बताए।
कार्यक्रममा उपाध्यक्ष मनोज प्रसाद रौनियार, सचिब प्रकाश बाहिति, कोषाध्यक्ष बिनोद सरार्प, सदस्यहरू मदन प्रसाद गुप्ता, राजु रूङ्गटा, वकिल प्रसाद रौनियार, रमेश अग्रवाल, नवनित अग्रवाल, बैधनाथ प्रसाद कलवार, बिरेन्द्र प्रसाद आर्या, हरेन्द्र प्रसाद, राधेश्याम गुप्ता, सञ्चारकर्मी अभिलाष कुमार गुप्ता सहभागीता रहेको थियो ।
यसैगरी कुम्हालटोल सुधार समिति वीरगंज –७ द्वारा निशुल्क भोजनको शुरूवात गरी शिविरको पहिलो दिन आज शनिवार रेल्वेरोड सामुदायिक प्रहरी कुम्हालटोलको छेउमा शुभारम्भ गरि गरिब असहाय दलित निमुखाहरू लाई निशुल्क भोजन गराएका छन।
कुम्हालटोल टोल सुधार समितिका अध्यक्ष नन्दलाल यादब, सहसचिव रितेश गुप्ता तथा सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, अभिलाष कुमार गुप्ता वीरगंज समाजका अशोक गुप्ता, मनोज मिश्र, वीरगंज कपडा बैंकका लालबाबु सिंहलगायतले निःशुल्क भोजन गराएका थिए ।
महिनामा १ पटक निशुल्क भोजनको शिविर गरीने सचिव रितेश गुप्ताले जानकारी गराए । आवश्यक पर्ने खाद्यान सामान, रुपियाँ आयोजक परिवार एवं सहयोगी टोलबासीहरूसंग सङ्कलन गरेर गरिएको संस्थाले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल