26 June ,2026,Friday

भारतमा नेपालको होमस्टे प्रचार गर्दै अल्पाइन माविका विद्यार्थीहरु

वीरगंज, ७ कात्तिक । अल्पाइन माध्यमिक विद्यालय, वीरगंजका विद्यार्थी सम्मिलित टोलीले भारतको प्रसिद्ध यात्रा तथा पर्यटन कार्यक्रममा सहभागिता जनाएको छ ।
भारतको पटनास्थित सम्राट अशोक सम्मेलन केन्द्र ज्ञान भवनमा फेयर फेस्ट मिडियाले आयोजना गरेको कार्यक्रममा अल्पाइन माविले सहभागिता जनाउँदै नेपाल–भारत पर्यटन प्रवद्र्धनका लागि प्रयास गरेको छ । दुई दिने कार्यक्रममा भारत, बिहारका मुख्यमन्त्री नीतीश कुमारले हिजो सम्बोधन गरेका थिए भने आज सहायक मुख्यमन्त्रीलगायतको सहभागिता रहेको अल्पाइन माविका सञ्चालक विनोद उपाध्यायले जानकारी गराउनुभएको छ ।
अल्पाइन माविका करीब डेढ दर्जन विद्यार्थी तथा शिक्षक सहितको टोलीले १५ दिन पहिले नेपालको भीमफेदीमा भ्रमण गरी त्यहाँको होमस्टे कार्यक्रमलाई भारतको बिहार राज्यको पटनामा आयोजित बजार तथा व्यापार प्रवद्र्धन कार्यक्रममा सहभागीहरुलाई जानकारी गराएका थिए । नेपाल–भारत पर्यटकहरुको तालमेल गराई नेपालको पर्यटन क्षेत्रको अर्थतन्त्र उकास्न यसप्रकारको कार्यक्रम आयोजना गरिएको अल्पाइन माविका उपाध्यायले बताउनुभयो ।
विद्यार्थीहरुले हिजो र आज भारतको पटनास्थित सो कार्यक्रममा सहभागी भएर व्यापार प्रवद्र्धनको लागि परामर्श, तथा तालीम लिनुका साथै भ्रमण अवलोकन पनि गरेका छन् ।
उक्त कार्यक्रम बजार प्रतिक्रियालाई ध्यानमा बिहार सरकारसँगको परामर्शमा टिटिएफ पटनाको दोस्रो संस्करण आयोजना गरिएको फेयरफेस्ट मिडियाका आकाश वर्माले जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...