14 November ,2025,Friday

नेशनल मेडिकल कलेजद्वारा रक्तदान कार्यक्रम

वीरगंज, २९ कार्तिक । नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा बिहीवार विश्व मधुमेह दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा डा. संजय साह, अरसद आलम, जितेशचन्द्र दास, डा सरोज प्रसाद डिओ, महम्मद जुनैद, प्रदीप कुमार चौधरी, मुकेश कुशवाहा, रामजी प्रसाद कुशवाहा, रवीन्द्र यादव, राजीव कुमार चौधरी, नवल किशोर यादव, डा गुरूप्रसाद मैनाली, काजल कुमारी गुप्ता, सुधा कुमारी, सुरेश साह तेली, कुशल सुबेदीलगायत ५ महिलासहित ५७ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपाखाका युवा संयोजक अभिलाष गुप्ता, रक्त सञ्चार केन्द्रका प्राविधिकहरू कृष्ण निराला, विनेश चौधरी, नीरज चौधरीलगायतले प्राविधिक सहयोग गरेका थिए । यसैगरी विश्व मधुमेह दिवसको अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजले कार्तिक २० गते देखि ३० गतेसम्म सचेतना मूलक कार्यक्रम गर्दैआएको छ ।
बिहीवार बिरामीहरूको लागि निशुल्क मधुमेह परीक्षण गरिएको थियो । कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीको अधयक्षतामा भएको कार्यक्रममा प्रा.डा. के.एन. सिंह, डा. इसरत जहान, आबिद हुसैनलगायतको सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...