19 January ,2025,Sunday

विद्यार्थीहरुलाई औद्योगिक गतिविधिबारे स्थलगत भ्रमण

वीरगंज, ६ मंसिर ।  अल्पाइन माध्यमिक विद्यालय वीरगंजमा कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले बुधवार बारा–पर्साको विभिन्न उद्योगहरुको स्थलगत भ्रमण गरी जानकारी लिएका छन् ।
बारा–पर्सा औद्योगिक कोरिडोरमा रहेका दुर्गा पल्प प्रालि, नेपाल शालिमार सिमेन्ट प्रालि र मारुती फर्मा प्रालिलगायत उद्योगहरुको भ्रमण गरी औद्योगिक जानकारी हासिल गरेको अल्पाइन माविका निर्देशक विनोद उपाध्यायले जानकारी गराउनुभएको छ ।
उनले अल्पाइन माविको कक्षा १२ विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुलाई औद्योगिक गतिविधिबारे स्थलगत भ्रमण गराउनुको उद्देश्य प्रत्यक्षरुपमा उनीहरुले औद्योगिक वातावरण अनुभूति गर्न सकोस् भनी बताए । निर्देशक उपाध्यायले अल्पाइन माविले बेला–बेलामा विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराई विभिन्न किसिमको जानकारी गराइरहेको बताए ।
भ्रमण अवलोकन कार्यक्रममा अल्पाइन माविका निर्देशक विनोद उपाध्याय, कार्यक्रम इन्चार्ज इन्जीनियर बाबुल सिंह एवं रसायन शास्त्रका शिक्षक दीपक दारूका, वरूण कुमार निषादलगायत सहभागी थिए ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...