19 January ,2025,Sunday

नेवार समुदायले योमरी पूर्णिमा पर्व मनाए

वीरगंज ३० मंसिर । वीरगंजका नेवार समुदायले योमरी पूर्णिमा (योमरी पुन्ही) पर्व मनाएका छन् । आइतवार योमरी पुन्हिको अवसरमा भिन्तुना गुठी भिस्वाले वीरगंज महानगरपालिका–१५ भिस्वा डाँडामा कार्यक्रम गरेको छ । भिन्तुना गुठी भिस्वाका अध्यक्ष दीपेन्द्र गोविन्द बैद्यले यो पर्व प्राचीनकालदेखि मनाउदै आएको बताए । उनले नयाँ धान भिœयाएको खुसीयालीमा नेवार समुदायले योमरी पूर्णिमा पर्व हर्षाेल्लासका साथ मनाउने चलन रहेको बताए । नेवा पुच वीरगंजका अध्यक्ष एवं ठाकुर राम बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक हरि बैधले मन्सिर शुक्ल पूर्णिमाका दिनमा मनाइने योमरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिने गरेको बताए । उनले नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडमा मीठो खाद्य पदार्थ बनाइने गरेको बताए । उनले योमरी पुन्हिको अर्थ नयाँ धानबाट बनेको चामलको पीठो, मीठा, चाकु र तिल राखेर बफाएर पकाइने बताए । उनका अनुसार नेवार समुदायले धान राख्ने भकारीमा पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउने गरेको बताए । चेलीबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुनका रूपमा उपहार पठाउने चलन रहेको बताए । मंसिरमा धान भिœयाएपछि शुक्ल पूर्णिमामा धान, गणेश, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर मिठा एवं चाकु र तिलबाट डल्लो बनाई बाफेर भकारीमा चढाई पूजा गर्ने परम्परा रहेको एकजना नेवार समुदायले बताए । कार्यक्रममा वीरगंज–५ का वडा सदस्य सन्जु दहाल, जुलि श्रेष्ठलगायत वीरगंजका नेवार सामुदायहरूकोे सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...