19 January ,2025,Sunday

नेपाल लोकतान्त्रिक खेलकुद संघको पर्सा जिल्ला कार्यसमिति विस्तार

वीरगंज ३० मंसिर । नेपाल लोकतान्त्रिक खेलकुद संघको पर्सा जिल्ला कार्यसमिति बिस्तार भएको छ। नेपाल लोकतान्त्रिक खेलकुद संघ (Nepal Democratic Sports Union) ले देशभर खेलकुदको विकासलाई थप सुदृढ गर्न आफ्नो कार्यसमिति विस्तार तथा घोषणा गर्ने कर्ममा आज पर्सामा पनि यहाँका खेलाडी तथा खेल सङ्ग सरोकार राखने सम्पुर्णको उपस्थितिमा श्याम पटेलको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरीएको।

यस कदमले खेलकुद क्षेत्रमा समावेशिता, प्रतिनिधित्व र रणनीतिक विकासलाई थप मजबुत बनाउने संघको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

विस्तारित समितिमा विभिन्न क्षेत्र र खेल विधाबाट नयाँ सदस्यहरू समावेश गरिएका छन्। यी सदस्यहरूले खेल पूर्वाधार विकास, युवा सहभागिता, र खेल भावना प्रवर्द्धनका लागि अनुभव र उत्साहका साथ योगदान पुऱ्याउनेछन् ।

समितिको विस्तारले नेपालका खेलकुद समुदायका आवश्यकता र अपेक्षाहरूलाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न मद्दत गर्नेछ। नयाँ दृष्टिकोण र उर्जाका साथ, हामी खेलाडीहरूको लागि अवसर सिर्जना गर्न र नेपाललाई अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नयाँ उचाइमा पुऱ्याउन प्रतिबद्ध छौं।

विस्तारित समितिमा निम्न अनुसारको सदस्यहरू समावेश गरिएका छन अध्यक्ष पदमा श्याम पटेल, उपाध्यक्ष अशेश्वर प्रसाद कुर्मी, महिला उपाध्यक्ष रोशनी श्रेष्ठ, सचिव राजेश पटेल, सचिव अमित आलोक, सहसचिव हिरा श्रेष्ठ, कोषाध्यक्ष सुबोध कुमार श्रीवास्तव, सदस्यहरु बाबु नन्द प्रसाद कुर्मी, जयप्रकाश ठाकुर, अरबाज हुसेन, नासिर खान, फिरोज अन्सारी लगाएतकाहरु समावेश गरिएका छन । भने निम्न अनुसारको सल्लाहकार समिति गठन गरिएको छ ।
वरिष्ठ सल्लाहकार ओमप्रकाश शर्मा, परामर्शदाता राजु कु.गुप्ता, सल्लाहकारहरु गणेशमान श्रेष्ठ, दिलीपराज कार्की, बिशेश्वर प्रसाद कुर्मी, हरेन्द्र जी यादव लगाएतकाहरु चयन गरिएको थियोे।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...