20 December ,2025,Saturday

विन्दवासिनी टोलमा निर्माण हुन लागेको सडकको काम शुरू

वीरगंज ०४ पुस । वीरगंज महानगरपालिका–१९ विन्दवासिनी टोल जोड्ने सडक निर्माणको काम अघि बढेको छ । पक्की सडक नहुँदा यस क्षेत्रका नागरिकलाई आवागमनमा समस्या भइरहेको थियो । आत्मरामपथबाट पश्चिम जाने विन्दवासिनी टोल हुँदै नहर निस्कने बाटो निर्माणका लागि सडक क्षेत्रको जग्गा छुट्याउने काम भएको छ । शमा, विनोद साह जेभी निर्माण कम्पनीले ठेक्का सकार गरेर सडक निर्माणको जिम्मेवारी लिएको छ । विन्दवासिनी टोलमा ६५० मिटर नालासहित कालोपत्रे सडक निर्माण हुने भएको छ । ११ करोड ४५ लाख रुपियाँमा ठेक्का सकार गरेर काम अघि बढाइएको निर्माण कम्पनीले जनाएको छ । साइट क्लियरेन्स नभएको भन्दै निर्माण कम्पनीले काम गर्न ढिलाई गर्दै आएकोमा बुधवारबाट महानगरपालिकाले सडक निर्माण हुने क्षेत्रको सडक नापजाँच गरेर छुट्याएको छ । सडक निर्माणका लागि साइट क्लियरेन्स गर्न महानगरपालिकाको सार्वजनिक सम्पत्ति अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नं. ५ का वडाध्यक्ष प्रदीप चौरसिया नेतृत्वमा अमीन सहितको टोली खटेको थियो । वडा नं. १९ का वडाध्यक्ष मुकेश चौरसियाको रोहबरमा नक्सा अनुसार सडकको दुबै तर्फको क्षेत्र छुट्याइएको टोलीमा खटिएका महानगर प्रमुखका सचिवालय सल्लाहकार हरि पोखरेलले जानकारी दिए । निर्माण कम्पनीले ठेक्का लिएर साइट क्लियरेन्स नहुँदा निर्माणमा अवरोध हुँदै आएको सडकको काम चाडो टुंगो लगाउन महानगर प्रमुख राजेशमान सिंहले निर्देशन दिएसँगै सार्वजनिक अतिक्रमण नियन्त्रण समिति टोली सहित सडक अतिक्रमण हटाउन विन्दवासिनी पुगेको हो । अतिक्रमण हटाएर सीमा क्षेत्र छुट्याएसँगै निर्माण कम्पनीले धमाधम निर्माण सामग्री झारेर काम गर्न शुरू गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल