19 January ,2025,Sunday

शिक्षक सरुवाको विषयले विद्यार्थी आक्रोशित, नगरपालिकामा तोडफोड, लाखौँको क्षति

रौतहट (गरुडा), १२ पुस । रौतहटको गरुडा नगरपालिकामा शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरूले उग्र विरोध गर्दै नगरपालिका भवनमा तोडफोड गरेका छन् ।

नमुना माध्यमिक विद्यालय गरुडाका विद्यार्थीहरूले बिहीबार गरुडा नगरपालिका कार्यालयमा प्रदर्शन गर्दै सरकारी सम्पत्तिमा व्यापक क्षति पुर्‍याएका हुन् ।

विद्यार्थीहरूले नगरपालिका भवनअगाडि पार्किङ गरिएका मेयर कन्थमणि प्रसाद जयसवालको सरकारी गाडी (ना १ झ १६७३ नम्बर) सहित एक दर्जनभन्दा बढी गाडी तोडफोड गरेका छन् । सरकारी गाडीको सबै सिसा फुटेका छन् भने अन्य भागमा पनि क्षति पुगेको छ । त्यस्तै, भारतीय नम्बर प्लेटको एक स्कारपियो गाडी र सेवाग्राहीका एक दर्जनभन्दा बढी मोटरसाइकलमा पनि विद्यार्थीहरूले तोडफोड गरेका छन् ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले नगरपालिकाको झ्यालका अधिकांश सिसा तोडफोड गरेका छन् । ढुंगामुढा प्रहारबाट नगर प्रहरी हवलदार रामनारायण साह घाइते भएका छन् । उनको वीरगञ्जमा उपचार भइरहेको छ । प्रारम्भिक अनुमानअनुसार कार्यालय र सवारीसाधनमा १० लाखभन्दा बढीको क्षति भएको मेयर जयसवालले जनाएका छन् ।

विद्यार्थीहरूले नमुना माध्यमिक विद्यालयका नेपाली शिक्षक शिवशङ्कर झालाई मावि झाँझपुलमा सरुवा गरिएको निर्णय खारेज गर्न माग गरेका छन् । शिक्षकको सरुवा रोक्न दबाब दिन विद्यार्थीहरूले प्रदर्शनको आयोजना गरेका थिए । प्रदर्शनका क्रममा नगर प्रहरीले दुर्व्यवहार गरेको भन्दै स्थिति थप उग्र भएको बताइएको छ ।

गरुडा नगरपालिकाका मेयर जयसवालले प्रधानाध्यापक प्रभु राउत पटेल र शिक्षक शिवशङ्कर झालाई विद्यार्थीलाई उक्साएर तोडफोड गर्न प्रेरित गरेको आरोप लगाएका छन् । तर, प्रधानाध्यापक पटेल र शिक्षक झाले यी आरोपहरूलाई खारेज गर्दै घटनामा आफ्नो कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् ।

रौतहट जिल्लाका अन्य नगरपालिकाहरूमा पनि शिक्षक सरुवाको विषयमा विवाद उत्पन्न भएको छ । यसअघि देवाही गोनाही र कटहरिया नगरपालिकामा पनि विद्यार्थीहरूले उस्तै प्रकारको प्रदर्शन गर्दै तोडफोड गरेका थिए ।

स्थानीय प्रशासनका लागि स्थिति नियन्त्रणमा लिन चुनौतीपूर्ण बनेको छ । यस्ता घटनाले सरकारी सम्पत्ति तथा सेवा प्रवाहमा बाधा पुर्‍याउनुका साथै नागरिक र प्रशासनबिचको विश्वासमा नकारात्मक असर पारेको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...