20 June ,2026,Saturday

spot_img
spot_img
spot_img
spot_img

श्रीपुर पँचगावामा आयोजना गर्न लागिएको बृहत पार्टि प्रवेश कार्यक्रमको सम्पूर्ण तयारी पूरा

वीरगंज, १३ पुस । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाको श्रीपुर पँचगावामा आईतबार आयोजना गर्न लागिएको बृहत पार्टि प्रवेश कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।

प्रेस चौतारी नेपाल पर्सा द्धारा नेपाल पत्रकार माहासंघ पर्साको सभाहलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले यो पार्टि प्रवेशले पर्सा पार्टिलाई थप बलियो बनाउन बल पुग्ने बताउँदै पार्टिमा राम्रो व्यक्ति ल्याउने प्रयास गरिएको बताए । पूर्वमन्त्री समेत रहेका नेता श्रेष्ठले मधेशको विकासको लागि ठोस योजना बनाएर अगाडि बढ्ने पार्टि भएकोले पार्टिलाई समेत बलियो बनाउन आवश्यक रहेको बताए । उनले मधेशको बिकासमा नेकपा एमाले र पार्टिका अध्यक्ष केपि शर्मा ओलिको नेतृत्वमा कोशी मरिन डाइभर्सन सिचाई परियोृजना, हुलाकि राजमार्ग, मधेशका जिल्लाका सदर मुकामहरुको सधन सहरिकरणका बिषयमा गरेको काम स्मरणीय रहेको दाबी गरे ।

नेता श्रेष्ठले पार्टिमा राम्रा मान्छे प्रवेश गराउने भन्दै गर्दा केहि राम्रो प्रवृति नभाएकाहरु पनि प्रवेश हुन सक्ने कुरालाई स्वीकार गर्दै उनले भने, ‘राम्रो नराम्रो हने कुरा समान्य जस्तो भए पनि राम्रोृको पक्षमा हाम्रो ध्यान जानेछ ।

नेता श्रेष्ठले पार्टि प्रवेश कार्यक्रमको सन्दर्भमा चर्चा गर्दा सखुवा प्रसौनीमा गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिप जयसवाल लगायत पाँच हजार व्यक्ति एमालेमा प्रवेश गर्ने र प्रधानमन्त्रि ओलिको सम्बोधन सुन्न करिब २५ हजार आमनागरिक आउने आशा गरिएको बताए ।

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, संघिय ममला तथा सामान्य प्रशासन मन्त्रि राजकुमार गुप्ता, केन्द्रिय सदस्य एवम सांसद प्रभु हजरा, निर्मला देवकोटा, प्रदेश उपाध्यक्ष बिचारी यादव, मधेश प्रदेशका खेलकुद तथा सामाजकल्याण मन्त्रि प्रमोद जयसवाल, पार्टि पर्साका अध्यक्ष डा.बिश्वम्भर शर्मा, नेताहरु जालिम मिया, शिवजी गुप्ता लगाएतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजिकरण पत्रकार संतोष पटेलले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...