8 February ,2025,Saturday

नेशनल मेडिकल कलेजमा स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न

वीरगंज, ५ माघ । वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा नयाँ शैक्षिक सत्रमा भर्ना भएका चिकित्सा शिक्षाका नयाँ विद्यार्थीहरुको स्वागत तथा अभिमुखकरण कार्यक्रम सम्पन्न भएको छ ।

कलेजमा एमएमबीएस ,बिडिएस, विएसी नर्सिङ, विएसी एमआइटी, विएसी एमएलटी र बिएनएस अध्ययनका लागि भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको स्वागत गरिनुका साथै कलेजको शैक्षिक वातावरणको अवस्थाबारे जानकारी गराउँदै विद्यार्थीहरूको पढाई र लगनशीलता प्रतिको जिम्मेवारी बोध गराउनका लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

मेडिकल कलेजका प्रिन्सिपल डा.के.ऐन. सिंहको अध्यक्षता तथा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रो.डा. जेनुद्दिन अंसारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै अध्यक्ष अंसारीले नेशनल मेडिकल कलेजले विद्यार्थीहरूको विशिष्ठ क्षमताको पहिचान गरी त्यही अनुसार विद्यार्थीहरूको चौतर्फी विकासका लागि वातावरण बनाउदै आएको बताए ।

कार्यक्रममा मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी, एडमिस्न निर्देशक अबिद हुसेन अंसारी, एकेडेमी डाइरेक्टर डा. नुसरत जहाँ अंसारी,हस्पिटल डाइरेक्टर डा. इश्रत जहाँ, बोर्ड अफ डाइरेक्टर रुबी अस्मिन, भाइस प्रिन्सिपल डा.सरोज प्रसाद देव, डा. रविशंकर गुप्ता, नर्सिङ डाइरेक्टर गंगा गुरुङ, नँया विद्यार्र्थी सहित अभिभावक लगायतको सहभागिता रहेको थियो ।

साथै विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको शैक्षिक, प्रशासनिक तथा विषयगत जानकारीहरु प्रदान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...