वीरगंज ८ माघ । बिश्रामपुर गाउँपालिकाको १६ औं गाउँ सभा सोमबार सभ्य र भब्य रुपमा सम्पन्न भएको छ । यस सभालाई संयुक्त रुपमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले पानसमा बत्ती बाली उदघाटन गरेका थिए ।
यस सभाका सभाअध्यक्ष पालिका अध्यक्ष जुल्फकारअलि भुटो (जुबैर भाई) पालिका उपाध्यक्ष प्रियंका देवी साह, सभा सचिव प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, समाज सेवी, बुद्धिजिवी महानुभाव लगायत जन समुदायहरुको उल्लेखनिय उपस्थिति रहेका थिए ।
बजेट प्रस्तुत पालिकाका उपाध्यक्षको आदेशानुसार वडा नं. २ का वडा अध्यक्ष मनोज कुमार यादवले प्रस्तुुत गरेका थिए । कार्यक्रम संचालन देव कुमार मंडलले गरेका थिए ।
स्वागत मन्तब्य प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले गरेका थिए । पालिका अध्यक्ष जुल्फकारअलि भुटोले पालिकामा रहेको बजेटहरुको बिभिन्न कारणबस काम हुन नसकी त्यही पैसा प्रिज हुन नदिई अन्य बिकास मुलक कार्यमा बिभाजन गरिएको बताए । पालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी, समाज सेवी बुद्धिजिवी लगायत सहयोगी भूमिका निर्वाह गर्नु हुने सबैलाई धन्यबाद दिदै समापन गरेका थिए ।