spot_img

13 March ,2026,Friday

नेपाल पत्रकार माहासंघ पर्सा शाखा र पर्सा जिल्ला अदालत बार एसोसिएसन बीच समझ्दारी पत्रमा हस्ताक्षर

वीरगंज, १० माघ । नेपाल पत्रकार माहासंघ पर्सा शाखा र पर्सा जिल्ला अदालत बार एसोसिएसन बीच बिहिबार पत्रकार माहासंघको सभाहलमा ६ बुदे सहमती पत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त हस्ताक्षर सहमतिमा प्रथम पक्षको तर्फबाट नेपाल पत्रकार माहासंघ पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश खनाल र ध्दितीय पक्षको तर्फबाट पर्सा जिल्ला अतालत बार एसोसिएसनका अध्यक्ष कमल मोहन पोखरेले सयुक्त रुपमा समझ्दारी पत्र हस्तक्षातर गरेका छन ।

सयुक्त रुपमा अझ बढी शसक्त भई दबै पक्षको पेशागत सुरक्षा र प्रवध्र्दन साथसाथै मानव अधिकार, सामजिक न्याय, शुसासन एव पर्सा जिल्लाको अर्थ सामाजिक, न्यायिक क्षेत्रको अग्रगति र दिगो बिकासका लागि आपसि रुपमा सहकार्य गर्दै अगाडी बढ्न ६ बुदामा हस्ताक्षर भएका छन ।

दुबै पक्षको सहकार्यमा सामाजिक मुदाहरुमा केन्द्रित रहेर विभिन्न बहस, अन्तरक्रियाहरु गर्ने, दुबै पक्षले एक अर्का पक्षको व्यवसायिक प्रवध्र्दन र हित सुरक्षको पक्षमा सकारात्मक सहकार्य गर्ने, पर्सा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका पत्रकारहरुलाई पेशागत काम कारवाहिका सन्दर्भमा आवश्यक कानुनी परामर्श र सेवाका लागि ध्दितीय पक्षले सहयोग गर्ने, प्रथम पक्षका सदस्य एवम पर्सा जिल्लालाई आधार बनाएर पत्रकारिता गर्ने पत्रकारहरुलाई सामाचार लेखेका कारण आइपर्ने मुदामामिलामा आर्थिक भार खेप्न नपर्ने, ध्दितीय पक्षले आफ्नो सदस्य कानुन व्यवसायी मार्फत (प्रो वोनो) सेवा उपलब्ध गराउने, प्रथम पक्षले ध्दितीय पक्षका सदस्य एवम ध्दितीय पक्षको समन्वयमा कानून व्यवसायीहरुको पेशागत हित प्रवध्र्दनमा सकारात्मक सहयोग र सहजिकरण गर्ने, समझदारीको समयवधि ३ वर्षसम्म कायम रहने, आवश्यक्ता अनूसार दुबै पक्षको समझ्दारीमा अवधी थप्ने समेत पत्रमा उल्लेख थियो ।

हस्ताक्षर कार्यक्रममा पत्रकार माहासंघको तर्फबाट अध्यक्ष ओम प्रकाश खनाल, उपाध्यक्ष निलिमा पौडेल, सचिव बिजय चौहान, सहसचिव अजय चौरसिया, सह सचिव एस के चौरसिया लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो भने पर्सा जिल्ला अदालत बार एसोसिएसनको तर्फबाट अध्यक्ष कमल मोहन पोखरेल, उपाध्यक्ष श्याम सुन्दर दास थारु लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको सहजिकरण नेपाल पत्रकार माहासंंघ पर्साका सचिव बिजय चौहानले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल