27 June ,2025,Friday

 २०८४ लाई लक्षित गरी नयाँ नेतृत्वको खोजीमा नागरिक, पर्सा तीनमा रुपेश पाण्डेयको क्रेज बढ्दै

शैलेश गुप्ता
वीरगंज, चैत ०२ । पछिल्लो समय मुलुकभर नयाँ नेतृत्वको खोजी भइरहेको छ । पूराना राजनीतिक दल र नेताहरूबाट विकासको ढोका खुल्न नसकेको भन्दै नागरिकस्तरबाटै नयाँ नेता र नेतृत्वको खोजी भइरहेको छ ।

गाउँ गाउँमा पछिल्लो समय नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने जनमत बलियो बन्दै गइरहेको छ । खासगरी २०४७ पछिको राजनीतिक परिवर्तनपछि उदाएका नेताहरुबाट अपेक्षित गतिमा गाउँ विकासको काम हुन नसकेको नागरिक स्तरबाट गुनासो बढ्दै गएको छ ।

पछिल्लो समय आगामी निर्वाचन २०८४ लाई लक्षित गरी नागरिकहरू नयाँ नेताहरूको खोजी गर्न थालेका छन् । जसमध्ये पर्सा क्षेत्र नम्बर तीनमा रुपेश पाण्डेको पक्षमा नागरिकको मत बढ्दो देखिएको छ ।

नागरिकको भावनाको कदर गर्ने, दुख सुख बुझ्ने तथा गाउँको विकासमा तल्लीन हुने नेताका रूपमा पाण्डेयको परिचय बन्दै गएको छ । नागरिकको हरेक दुख सुखमा साथ दिने पाण्डेयले प्रत्येक गाउँको विकासका लागि भिजन बनाउँदै लगेका छन् । नागरिक स्तरबाट पनि पर्सा तीनमा उनलाई आगामी निर्वाचन मार्फत सांसदको रूपमा देख्न पाउने नागरिकको चाहना बढ्दै गएको छ ।

प्रत्येक गाउँमा विकासको मोडेल खोजिरहेका नागरिकलाई पाण्डेयको भिजन र सक्रियताले ध्यान खिचेको छ । युवा पुस्ता र वयस्क तथा पाका अनुभवी व्यक्तित्वहरूले समेत पाण्डेयलाई आगामी सांसदका रूपमा शुभकामना तथा साथ दिन थालिसकेका छन् ।पछिल्लो समय पाण्डेयले आफूलाई उदाउँदो वैकल्पिक नेताको रूपमा उभ्याउन थालिसकेका छन् ।

पाण्डेयले पर्सा तीनमा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने तयारी सहित भिजन बनाइरहेका छन् । विशेषगरी स्थानीय उत्पादनको वृद्धि तथा बजारीकरण, शिक्षा र स्वास्थ्यमा सुधार गरी समाजकै रुपान्तरण,औद्योगिक विकास लगायतका एजेण्डालाई पाण्डेयले उठाइरहेका छन् ।

समाजलाई आधुनिक एवम् व्यवस्थित शहरको रूपमा विकास गर्ने,पूर्वाधार विकास तथा स्थानीय उत्पादनलाई व्यावसायिक बनाई नागरिकको जीवनस्तर सुधार्ने उनले परिकल्पना गरेका छन् ।

पर्सा तीनमै पर्ने पोखरिया, पकाहाँ, महुवन र चीपुर पंचगाको बजारलाई व्यवस्थित गर्ने,आधुनिक सहरको निर्माण गर्ने उनको सोच छ । पोखरिया बजारलाई देखिने गरी विकास गर्न लागि उनी अहिले भिजन बनाइरहेका छन् । साथै धार्मिक स्थल भाडा भगवान स्थललाई राष्ट्रिय निकुञ्जसँग समन्वय गरी व्यवस्थित गर्ने उनको योजना छ ।

मठमन्दीरको सम्वद्र्धन, कृषिमा प्रविधिकरण तथा आधुनिकीकरण, शिक्षा र स्वास्थ्यमा नागरिकको सहज पहुँच पर्सा तीनको मुख्य आवश्यकता भएको उनले बताउँदै आएका छन् । यस क्षेत्रको सुधारका लागि विभिन्न किसिमका योजना बनाउँदै अगाडि बढेका उनले सो क्षेत्रका नागरिक तथा अगुवाहरूसँग समेत छलफल गर्दै आएका छन् ।

उनले प्रत्येक पालिका देखि वडासम्म विकासको नयाँ मोडेल बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै आएका छन् । हरेक वडामा भएको व्यवसायिक सम्भावना खोज्ने र सोही अनुसार विकास गर्ने उनको मोडेल तयार भइरहेको छ ।

पाण्डेयले उडाएका यी योजनाहरूलाई परिणाममा बदल्नका लागि जनमत आवश्यक रहेको नागरिकको बुझाई छ । नागरिकले अहिले जनताको चाहना र भावनालाई बुझ्ने र कदर गर्ने नेता आवश्यक भएको बताउँदै आएका छन् । पाण्डेय नागरिकको यही विश्वासलाई थप जित्नका लागि उच्च मनोबलका साथ काम गर्दै आएका छन् ।

अधिकांश समय नागरिकहरूसँगै रहने गरेका पाण्डेय अहिलेसम्म पूराना नेताहरूलाई नागरिकले नजिकबाट चिन्ने अवसर नपाएको बताउँछन् । आफूले अहिले हरेक समय नागरिकसँग नै बसेर उनीहरूको दुस्खसुखमा साथ दिँदै आएको उनको भनाइ छ ।

वि.सं. २०४७ सालदेखिका नेताहरूबाट आजित भएका जनताहरु पाण्डेयलाई अहिले भिजनरी तथा विकास गर्न सक्ने नेताका रूपमा उभ्याइरहेका छन् । पाण्डेयले अहिले कुन पार्टीबाट चुनावमा भाग लिने भन्नेबारे खुलाईसकेका छैनन् । तर पार्टीमा आस्था राख्ने नागरिकहरूले पाण्डेयले जुन सुकै पार्टीबाट निर्वाचन लडेपनि उनी आउनुपर्ने बताउँदै आइरहेका छन् ।

पाण्डेयको सक्रियता र समाजका लागि केही गर्ने हुटहुटीलाई आमनागरिकले साथ दिइरहेका छन् । पाण्डेयले पछिल्लो समयमा आफ्ना गाउँ ठाउँका जनताको दुःख पीडा सुन्नमा व्यस्त देखिन्छन् ।

पाण्डेयले अहिले राजनीतिक, सामाजिक भेटघाट क्षेत्रबासीलाई भेट्ने, समस्याहरु बुझ्ने र समस्या निराकरणको योजना बनाउनेसम्मका गतिविधिमा आफूलाई व्यस्त राखेका छन् ।

पाण्डेले यस क्षेत्रमा पर्ने ७ वटा स्थानीय तहका ३५ वटा वडालाई आर्थिक दृष्टिकोण र सामाजिक दृष्टिकोणबाट विकास गर्ने योजना बनाइरहेका छन् । हरेक वडामा विकासको नयाँ मोडेल स्थापित गराउने उनको लक्ष्य छ । यसबाट नागरिको जीवनस्तर समेत सुधार हुने र समग्र निर्वाचन क्षेत्रकै विकास हुने उनको बुझाई छ ।

पर्सा जिल्लामा प्रत्यक्ष तर्फ ४ जना प्रतिनिधि सभा सदस्य र ८ जना प्रदेश सभा सदस्य छन् । समानुपातिक तर्फ छुटै सांसदहरु हुँदा पनि जिल्लामा विकासले गति पाउन सकेको छैन । जिल्लाका नेताहरू संघीय तथा प्रदेश मन्त्री रहँदा पनि सो क्षेत्रले अपेक्षित विकास पाउने नसकेपछि नागरिहरू विकल्पको खोजीमा लागेका हुन् ।

स्थानीयहरूले अहिले पाण्डेय मात्रै उपयुक्त विकल्प भएको बताउँदै उनलाई निर्वाचनमार्फत यस क्षेत्रको विकासका लागि मत लिएर अगाडि बढ्न सुझाव दिँदै आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...