23 July ,2025,Wednesday

नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौँ, २१ चैतः नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोली अफगानिस्तानको यु–१९ टोलीसँग पराजित भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरले पराजित भएको हो । जितसँगै अफगानिस्तानले तीन खेलको शृङ्खलाको अभ्यास खेलमा १–० को अग्रता बनाएको छ ।
अफगानिस्तानले दिएको ३०१ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउदै १७० रनमा समेटियो । नेपालका लागि ओपनर निरजकुमार यादवले ६१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय पारी खेले भने सन्तोष यादवले ३९ बलमा १ चौकाको सहयोगमा २४ रन बनाए । त्यस्तै अशोक धामीले २४, अभिषेक तिवारीले १७ तथा कप्तान नरेन भट्टले १३ रन जोडे ।
नेपाललाई १७० रनमा समेट्नेक्रममा अफगानिस्तानका वाहिदुल्लाह जाद्रान, जियाउल्लाह शाहीदी र मेहबुब खानले समान दुई ÷दुई विकेट लिए । त्यस्तै अब्दुल अजिज, नोरिस्तानि उमजाईं र नजिफुल्लाह अमिरिले समान एक ÷एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०० रन बनाएको थियो । अफगानिस्तानका लागि फैसल खान शिनोजादाले सर्वाधिक ९७ रनको योगदान दिए । उनले ८८ बलमा ९ चौका र चार छक्काको मद्दतमा ९७ रन बनाएका हुन । त्यसैगरी खालिद अहमदजाईले १०७ बलमा ६ चौकासहित ७६, बर्खत इब्राहिमजाईले ३५, उजाइरुल्लाहले २४, अजिज मिय खहिलले २१ र नजिफउल्लाह अमिरीले १० रन बनाए ।
नेपालका लागि सन्तोष यादवले तीन विकेट लिए भने अभिषेक तिवारीले दुई तथा दयानन्द मण्डल र विपिनप्रसाद शर्माले समान एक÷एक विकेट लिए । नेपाल र अफगानिस्तान यु १९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन् । जसअन्तर्गत छनोटअघि दुवै टोलीले तीन खेलकोे अभ्यास शृङ्खला खेल्न लागेका हुन् । अब उक्त शृङ्खलाको दोस्रो खेल यही चैत २४ गते हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...