27 June ,2025,Friday

आदिवासी समुदायको अधिकारको सुनिश्चित गर्न सरकारले प्रगतिशील उपायहरू लागू गरेको छ – मन्त्री गुप्ता

अमेरिका, वैशाख १० । नेपाल विविधतालाई अँगाल्ने साथै आदिवासी जनजातिको अधिकारको प्रवद्र्धन र संरक्षण गर्ने सन्दर्भमा एक उत्कृष्ट उदाहरण भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बताउनु भएको छ ।

संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा आयोजित आदिवासी जनजातिहरुको मुद्दाहरूसम्बन्धित संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको चौविसौं सत्र ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेसन्स पर्मानेन्ट फोरम अन इन्डीजीनियस इस्यु (युएन – पिएफ आइआई)को सम्मेलन कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आदिवासी जनजातिको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघको घोषणापत्रका सिद्धान्तहरू अपनाएको जुन आदिवासी समुदायको न्याय, समानता र मान्यतालाई प्रवद्र्धन गर्न आधारभूत रहेको बताए । नेपालको संविधानले आदिवासी समुदायको अधिकारको ग्यारेन्टी गरेको र यस्ता अधिकारहरू सुनिश्चित गर्न धेरै प्रगतिशील उपायहरू लागू गरेको पनि बताए ।

समानुपातिक प्रतिनिधित्व र आरक्षण प्रणालीको सुरुवातसँगै, देशको राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व बढ्दो रूपमा देखेको पनि बताए । १६ औं आवधिक योजनाले आदिवासी जनजातिको समावेशीकरण र सशक्तिकरण, सामाजिक न्याय र समतामूलक विकास सुनिश्चित गर्ने कुरामा जोड पनि दिनु भयो ।

आदिवासी ज्ञान र अभ्यासहरूलाई अन्तर्राष्ट्रिय संरक्षण रणनीतिहरूमा एकीकरण सुनिश्चित गर्ने प्रयास गरिएको उनको भनाई छ । आदिवासी बालबालिकाहरूलाई उनीहरूको मातृभाषामा अध्ययन गर्ने अवसर प्रदान गरेका पनि बताए । नेपालको कानूनहरूले आदिवासी समूहहरूको अधिकार र विशेषाधिकारको संरक्षण गर्दै भूमि र सम्पत्तिको सामुदायिक स्वामित्वलाई समर्थन गरेको उनले बताए ।

उनले सरकार लोपोन्मुख आदिवासी समूहहरूको लागि मासिक भत्ता सहित सामाजिक सुरक्षा अनुदान प्रदान गरेको सामुदायिक संलग्नता सुनिश्चित गर्दै प्रमुख परियोजनाहरू छनौट गर्दा निःशुल्क, पूर्व र सूचित सहमति अभ्यासहरू लागू गरेको तथा आईएलओ महासन्धि १६९ को पक्षको रूपमा, नेपाल आदिवासी जनजातिहरूको पहिचान, भाषा र संस्कृति संरक्षण गर्न प्रतिबद्ध रहेको पनि बताए ।

आदिवासी अधिकार पर्वधन गर्ने यी पहलहरू र उत्कृष्ट अभ्यासहरूको बावजुद, स्वास्थ्य, शिक्षा, सम्मानजनक काम, आर्थिक अवसरहरू, र अन्य परिणामहरू प्रदान गर्ने सन्दर्भमा महत्त्वपूर्ण चुनौतीहरू बाँकी रहेको त्यसकारण, नेपाल अन्तर्राष्ट्रिय समुदायलाई यी क्षेत्रहरूमा लगानी बढाउन र आदिवासी जनजातिहरूको सांस्कृतिक संरक्षणको लागि सहयोग प्रदान गर्न आह्वान गर्न चाहेको पनि बताए ।

आदिवासी समुदायहरूको मर्यादा, कल्याण र सशक्तिकरण सुनिश्चित गर्न संयुक्त राष्ट्र संघ र विश्वव्यापी साझेदारहरूसँग सहकार्य गर्न तयार रहेको मन्त्री गुप्ताले भने । सबै आदिवासी समुदायहरूको लागि प्रगतिलाई अगाडि बढाउन र उज्ज्वल भविष्य सिर्जना गर्न सँगै काम गर्न उनले आग्रह पनि गरे ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...